आज सुन चाँदीको भाउमा भारी गिरावट
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ९ गते सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँ पुगेको छ । चैत ८ गते सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । चैत ८ गते चाँदी तोलामा ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।






















