citizens life insurance long ad

ब्रेनब्रिज एजुकेसनमा निःशुल्क करिअर काउन्सिलिङ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

बिहान ९ बजेबाट बानेश्वरस्थित कार्यालयमा ब्रेनब्रिज एजुकेसनले निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गर्ने जनाएको छ ।

कक्षा १२ को र ब्याचलर्स अन्तिम सेमेस्टरको परीक्षाको तालिका आएसँगै ब्रेनब्रिज एजुकेसनले एक्सक्लुसिभ सेसनको सुरुवात गरेको जनाएको छ । ‘१२ कक्षा पढिरहेका विद्यार्थीले अब भविष्यमा के गर्ने भन्ने निक्र्योल गर्ने समय यही हो,’ ब्रेनब्रिज एजुकेसनकी अध्यक्ष अर्चना दवाडीले भनिन्, ‘सबै विद्यार्थी विदेशमा पढ्न जानै पर्छ भन्ने छैन तर भविष्यमा के बन्ने भन्ने एउटा निर्णय गर्ने समय यो हो ।’

उनले यही विषयमा केन्द्रित भएर आफूहरुले यस्तो सेसन सुरु गरेको बताएकी हुन् । ‘समयमा नै सही मार्गनिर्देशन भएको खण्डमा भविष्यमा पछुताउनु पर्ने छैन,’ उनले भनेकी छिन्, ‘त्यसैले हामीले नेपालमा नै पढ्दा के पढ्ने, पढ्नका लागि विदेश जाने हो भने अहिले कसरी तयारी गर्ने भन्ने विषयमा विद्यार्थी र अभिभावकलाई जानकारी दिन यो कार्यक्रम ल्याएका हौँ ।’

पछिल्लो समय अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, बेलायत, क्यानडा तथा जर्मनी, फ्रान्सजस्ता युरोपेली मुलुकमा पढ्न चाहने विद्यार्थीहरुलाई सहजीकरण तथा सही परामर्श दिँदै आइरहेको ब्रेनब्रिज एजुकेसनले सुरु गरेको निःशुल्क करिअर काउन्सिलिङले विद्यार्थीहरुलाई आफ्नो भविष्यको बाटो तय गर्न ठूलो सहयोग गर्ने अपेक्षा लिएको छ ।

साथै, यस अवसरमा सहभागी भएका विद्यार्थीहरुलाई भाषा प्रशिक्षणका कक्षाहरु आइइएलटिएस, पिटिइमा ब्रेनब्रिज एजुकेसनले सत प्रतिशतसम्म छुट दिने पनि घोषणा गरेको छ ।

IME Lifesidebar
kumari