विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशककाे खाेजी !
काठमाडौ । कर्मचारीहरुलाई तलब खुवाउन बैकहरुलाई गुहार्नु पर्ने, दैनिक १८ घन्टा लोडसेडिङको मार खेपिरहेकाले संस्था प्रति जनताको आक्रोस र अविश्वास वढिरहेको मात्र होईन संस्था ३१ अर्व भन्दा वढी ॠणको भारमा पर्दा कर्मचारी समेत जागिरको विकल्प सोच्ने अवस्थामा पुगेका वेला चार वर्ष अगाडि मा कार्यकारी निर्देशक नियुक्त भएर चमात्कारिक कार्य गरेका कुलमान सिंह घिसिङकाे यहि भदाै दाेस्राे साता सकिदैछ, त्यसपछि उनलाई नै पुन: ४ वर्षका लागि नियुक्त गर्ने कि अर्काेलाई नियुक्त गर्ने भन्ने तयारी हुन थालेकाे छ ।
दिन प्रतिदिन धरासायी वन्दै गईरहेको संस्था नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीमा चुनौती बोकेर प्रवेश गरेका कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिएपछि अझै एक कार्यकाल उनैलाई नियुक्त गर्न जनस्तरवाट दवाव पर्न थालेकाे छ ।
कामको मुल्यांकनको आधारमा सरकारले कार्यकाल थपेन भने उनी भाद्र पछि जिम्मेवार बिहिन हुदैछ्न।
घाटामा गएको सस्थाको ३१ अर्ब भन्दा वढी ॠण चुक्ता मात्र गरेनन् यो बीचमा ११ अर्ब नाफा सम्म को हैसियतमा संस्थालाई पुर्याउन सफल भए।
उनको लगन र मेहनतले ३५ प्रतिशतको विद्युत चुहावटलाई घटाएर १५ प्रतिशतमा झार्नेकाम गरेका छन् । यो दर आगामी दिनमा अझ घट्ने विश्वास गर्न सकिन्छ ।
दैनिक १८ घन्टाको लोडसेडिङ ब्यहोरिरहेको हाम्रो समाजलाई चुनौतिका विच लोडसेडिङ मुक्त बनाई उज्यालो दिएर जाने कुलमानले आफ्नो कुलको मान मात्र राखेनन आम नेपालीको मन मनमा कुलमानको छाप छोडेर जादै गर्दा सर्बसाधारण जनताले प्रयोग गर्ने विद्युतको महसुल शुल्क पनि घटाइ दिए ।
यो ४ बर्षे प्राधिकरणको यात्राका क्रममा शुरु भएका जलविद्युत आयोजनाबाट बिजुली बेचेर धनी देश बनाउने,उनको सपना पूरा गराइदिन सकेमात्र उनलाई गर्ने समर्थनले न्याय पाउने छ।
यसका लागि पनि अर्को एक कार्यकाल जिम्मेवारीमा बस्दिनु पर्ने सम्पुर्ण नेपालीको मनै देखिको आग्रह त हुन सक्ला । तर जे होस पत्याउनेले बुझ्ने गरि सम्पुर्ण नेपालीको मनै देखीको सपना र सबैका दीपक कुलमानले देखेका मनैदेखिको योजना पूरा गराउन एक पटक हार्दिकता साथ लागौं । लोभ र स्वार्थी भावना त्यागौ।






















