stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंकिङ प्रणालीमा ठूलो निक्षेप,कर्जा प्रवाहमा सकस

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले अहिले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर रहेको बताएका छन् ।

नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सव कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले हाल बैंकहरूसँग करिब ७७ खर्ब रुपैयाँ निक्षेप रहेको बताएका हुन्।

अध्यक्ष कोइरालाले यसमध्येबाट बैंकहरुले ५८ खर्ब रुपैयाँ जति कर्जा प्रवाह गरिएको जानकारी दिँदै पछिल्लो समय कर्जा प्रवाहको वृद्धि दर बढ्न नसकेको बताए ।

कोइरालाले कर्जा सुस्तता आउनुको कारण भने खुलाएनन्। उनले बैंकिङ क्षेत्रमा विभिन्न प्रकारका चुनौतीहरू रहेको समेत बताए। कोइरालाका अनुसार कर्जा असुलीका लागि जाने क्रममा बैंकका कर्मचारीहरूले विभिन्न धम्की र दबाब सामना गर्नुपरेको छ।

बैंकर्स संघले पनि यस विषयमा अझ सक्रिय भएर अघि बढ्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

ऋण तिर्नु पर्दैन भन्ने जस्ता भाष्य बनाउन खोजिएको बताउँदै उनले यस्ता गतिविधि र गलत सन्देश फैलिन थालेमा भविष्यमा नेपालको अर्थतन्त्रका लागि राम्रो संकेत नहुने बताए ।

prabhu mahalaxmi
kumari