stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल वायुसेवा निगमले सबैभन्दा धेरै यात्रुलाई हवाईसेवा दिए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका ३० वटा वायुसेवा कम्पनीमध्ये यस वर्ष नेपाल वायुसेवा निगमले सबैभन्दा धेरै यात्रुलाई हवाईसेवा दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२६ को जनवरीमा निगमले तीन सय उडान अवतरण गरेर ५४ हजार ३९८ यात्रुलाई हवाईसेवा दिएको छ ।

यो सङ्ख्या जनवरीमा नेपालमा सबैभन्दा बढी उडान गरेको एयर अरेबियाको भन्दा बढी हो । एयर अरेबियाले जनवरीमा गरेका ३७२ उडान अवतरणमार्फत ४७ हजार ५१९ यात्रुलाई सेवा दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार कतार एयरवेजले १५८ उडान अवतरणबाट ४२ हजार ११ यात्रुलाई उडान सेवा दिएको छ । हिमालय एयरलाइन्सले २७० उडान अवतरणबाट ३५ हजार ५४ यात्रुलाई सेवा दिएको छ भने इन्डिगो एयरलाइन्सले २३२ उडान अवतरणबाट ३४ हजार ४७८ यात्रुलाई उडान सेवा दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरीमा अन्तर्राष्ट्रियतर्फ भएका दुई हजार ९४९ उडान अवतरणमार्फत चार लाख ३१ हजार ६३५ यात्रुले हवाईयात्रा गरेका छन् ।

त्यस्तै आन्तरिकतर्फ सोही अवधिमा भएका छ हजार ८०९ उडान अवतरणमार्फत तीन लाख १८ हजार ५४८ यात्रुले देशका विभिन्न गन्तव्यमा ओहोरदोहोर गरेका छन् ।

जनवरीमा सबैभन्दा बढी बुद्ध एयरका तीन हजार १६१ उडान अवतरण मार्फत एक लाख ७५ हजार ६१५ यात्रुले उडान भरेका छन् । श्री एयरलाइन्सका एक हजार ५० उडान अवतरणमार्फत ६९ हजार ६१२ र यती एयरलाइन्सका एक हजार १२ उडानमार्फत ६६ हजार ७७४ यात्रुले उडान भरेका छन् ।

हाल नेपालको ४२ देशसँग द्विपक्षीय हवाई सम्झौता रहे पनि १४ वटा देशका वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका छन् । सबैभन्दा बढी भारत र चीनबाट चाररचार वटा वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।

त्यस्तै थाइल्यान्ड र संयुक्त अरब इमिरेट्सबाट तीन तथा मलेसिया, भुटान र कुवेतबाट दुईरदुई वायुसेवा कम्पनीले नेपालमा उडान गर्दै आएका छन् । नेपालबाट निगम, हिमालय र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।

IME Lifesidebar
kumari