हिमगिरि हाइजिन प्रा.लि.ले नेपालमा पहिलो पटक Netbiokem DSAM भित्र्यायो
काठमाडौं । नेपालको अग्रणी औद्योगिक प्रतिष्ठान हिमगिरि हाइजिन प्रा.लि.ले नेपालमा पहिलो पटक Netbiokem DSAM भित्र्याएको छ ।
गैर ज्वलनशील र जोखिममुक्त उच्चस्तरीय कीटाणुनाशक Netbiokem DSAM उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा हल, होटल, रेस्टुरेराँ, एयरक्राफ्ट तथा घरमा समेत Netbiokem DSAM को प्रयोग स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले सफाइ गर्न सकिने भएको छ ।
कोभिड–१९ जस्ता किटानुलाई समेत २ मिनटमै मार्न सक्ने क्षमता भएको अस्ट्रेलियन प्रविधिद्वारा निर्मित तथा एरोस्पेश मेडिकल एशोसिएशन, ISO 9001:2015, AEO, Australian Trusted Trader, European Committee for Standardization , Fogging Approved Free of BAC, European Norms Standard EN 14476 द्वारा प्रमाणित Netbiokem DSAM फोहोर अवस्थामै SARS-CoV-2 (COVID-19)जस्ता भाइरसहरुलाई मार्ने प्रालिको दाबी छ ।
सफाई गर्दा भिजेको ठाउँलाई कम्तीमा दुई मिनेटसम्म त्यतिकै छोडेर पुनः सुक्खा कपडाले पुछ्नु पर्ने बताइएको छ । त्यस्तै फोगिंगको प्रयोग गर्दा स–सानो छिद्र भएका झ्याल ढोका समेत बन्द छरछैन राम्ररी हेरेर मात्र फोगिंग गर्नुपर्ने बताइएको छ । जैविक सामग्री वा माटोको उपस्थितिमा समेत यसको राम्रो प्रदर्शन रहेको जनाइएको छ ।
Netbiokem DSAM कपडा, प्लाष्टिक, धातु, रबरसहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी गर्दैन । मानव स्वास्थ्यको लागि चिन्ताको विषय भएको एस्परगिलस नाइजर प्रजातिविरुद्ध प्रभावकारिता प्रदर्शन गरेकाले नियमित रुपले सबै छिद्र वा अर्ध छिद्रयुक्त सतहहरुको सर–सफाइ गर्नको लागि etbiokem DSAMको सिफारिस गरिएको जनाइएको छ ।
यसको प्रभावकारितालाई ध्यानमा राखेर नेपाल र नेपालीको लागि समयानुकुल स्वच्छ र स्वस्थ्य सरसफाईको लागि हिमगिरि हाइजिन प्रा.लि.ले Netbiokem DSAM नेपाल भित्र्याएको जनाएको छ । यो ५ लिटर र २५ लिटरको प्याकमा उपलब्ध रहेको छ ।


























