stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शैक्षिक सत्र खेर नजाने गरी सबै विकल्पमा गृहकार्य गर्न निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्र खेर जान नदिने गरी सबै विकल्पहरुका बारेमा गृहकार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन्  ।
आज बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठक परिषदका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले कोरोनाको महामारीका कारण शैक्षिक सत्रमा क्षति भएको भन्दै शैक्षिक सत्र खेर जान नदिने गरी विकल्प तयार गर्न निर्देशन दिएका हुन् ।
मन्त्री पोखरेलले पाठ्यभार घटाउन मिल्ने ठाउँमा घटाएर, अनावश्यक विषयबस्तु हटाएर र अतिरिक्त कक्षा सञ्चालन गरेर भए पनि शैक्षिक सत्रको क्षतिपूर्ति हुनेगरी तयारी गर्न केन्द्रलाई निर्देशन दिएका हुन् ।
‘कोरोनाको महामारीका कारण यो शैक्षिक सत्रमा ठूलो क्षति पुगेको छ, पाठ्यक्रम विकास केन्द्रले कुन–कुन विकल्पमा हामीले काम गर्न सक्छौँ भन्ने गृहकार्य गरोस्’ मन्त्री पोखरेल निर्देशन दिएका छन् ।
मन्त्री पाेखरेलले भने- ‘शैक्षिक सत्र खेर नजाने गरी सबै विकल्पमा तयारी गरौँ।’ हाल विद्यालय तहमा कक्षा १२ सम्म करिब ३५ हजार विद्यालय र ८० लाख विद्यार्थी छन्। विद्यालय शिक्षामा पठनपाठनसम्बन्धी पाठ्यक्रम प्रारूप २०७६ मा प्रारम्भिक बाल विकासमा ५७६ कार्यघण्टा र १८ पाठ्य घण्टा, कक्षा १ देखि ३ सम्ममा ८३२ कार्य घण्टा २६ पाठ्य घण्टा, कक्षा ४ देखि १० सम्म एक हजार २४ कार्य घण्टा ३२ पाठ्यघण्टा पढनुपर्ने व्यवस्था छ ।
उक्त व्यवस्थामा संशोधन या अन्य आवश्यक गृहकार्यका लागि बैठकले परिषद्लाई कार्यादेश दिएको छ । कोरोनाको महामारीका कारण वैशाखबाट सुरु हुनुपर्ने शैक्षिक सत्र अझै सुरु हुन सकेको छैन ।
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तत्काल विद्यालय खोल्ने अवस्था नरहेको बताउँदै आएको छ। शिक्षा मन्त्रालयले गत असार १ गतेदेखि वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण निर्देशिका २०७७ समेत लागू गरेको थियो ।
विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरुले वैकल्पिक मध्यमबाट कक्षा समेत सञ्चालन गर्दै आएका छन भने विभिन सञ्चार माध्यमबाट समेत कक्षा सञ्चालन हुँदै आएको छ।
मन्त्रालयले बैकल्पिक माध्यमबाट भएको सिकाइलाई पनि शैक्षिक सत्रसँग जोड्नुपर्ने बताउँदै आएको छ।
prabhu mahalaxmi
kumari