stcnepal long ad
ime life insurance
national life
global ime bank long

बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी करिब ८ प्रतिशतले बढे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी करिब ८ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म बैंकहरुको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुले ६ खर्ब ७६ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ लगानी गरेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पुससम्म बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा ६ खर्ब २८ अर्ब ११ करोड ६९ लाख रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलना समीक्षा अवधिसम्म बीमकको लगानी ७।६८ प्रतिशतले बढेको हो।

हाल १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ४ वटा लघु निर्जीवन बीमा, ३ वटा लघु जीवन बीमा र २ वटा पुनर्बीमा कम्पनी रहेका छन्।

यसैगरी चालु वर्षको पुससम्म कर्मचारी सञ्चय कोषले बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ८१ अर्ब ९६ करोड २१ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कोषले १ खर्ब ८१ अर्ब ७२ करोड ४० लाख रुपैयाँ लगानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको लगानी ०.१३ प्रतिशतले बढेको छ।

उता नागरिक लगानी कोषले समीक्षा अवधिसम्म बैंकहरुको मुद्दति निक्षेपमा १ खर्ब ४२ अर्ब ११ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ।

अघिल्लो वर्ष यही अवधिसम्म कोषले १ खर्ब २३ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ लगानी गरेको थियो। कोषको लगानी १.५० प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकहरुमा सर्वसाधारणको ४८ खर्ब ९० अर्ब १५ करोड ९२ लाख रुपैयाँ निक्षेप रहेको छ।

अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुमा सर्वसाधारणको ४२ खर्ब ३८ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ निक्षेप रहेको थियो। सर्वसाधारणको निक्षेप १५.३७ प्रतिशतले बढेको छ।

IME Lifesidebar
kumari