stcnepal long ad
ime life insurance
national life
global ime bank long

चित्लाङ एफसीको इन्स्योरेन्स पार्टनरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय लिगको टोली चित्लाङ एफसी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच आइतबार प्रायोजन सम्झौता भएको छ । एन्फा प्रेसिडेन्ट्स लिगको शीर्ष चारमा रहेर राष्ट्रिय लिगका लागि छनोट चित्लाङ एफसीले प्रभु लाइफलाई इन्स्योरेन्स पार्टनरका रूपमा आबद्ध गरेको हो ।

सम्झौतापत्रमा क्लबका तर्फबाट अध्यक्ष सुगन तण्डुकार र प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले हस्ताक्षर गरेका थिए ।

सम्झौतापछि राष्ट्रिय लिगको टोली चित्लाङलाई प्रभु लाइफले एक वर्षका लागि आर्थिक सहयोग गर्नेछ भने क्लबले आफ्ना गतिविधिमार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवद्र्धन गर्नेछ ।

सीईओ प्रसाईंले देशको लोकप्रिय खेल फुटबल र राष्ट्रिय लिगको टोली चित्लाङसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

‘देशलाइ एकताको सूत्रमा जोड्ने फुटबल खेलसँग जोडिन पाएकामा हामी निकै उत्साही छौं । यो अवसर दिएकोमा हामी राष्ट्रिय लिगको टोली चित्लाङ एफसीलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ सीईओ प्रसाईंले भने, ‘नेपाली फुटबल र चित्लाङसँगको सहकार्यलाई निरन्तरता दिनेछौं ।’

चित्लाङ क्लबका अध्यक्ष तण्डुकारले पनि नेपाली फुटबलमा केही गर्ने क्लबको उद्देश्यमा प्रभु लाइफ इन्स्योरेन्सको साथले थप उर्जा भरेको बताए ।

‘फुटबल मार्फत अन्तर्राष्ट्रिय जगतमा देशको प्रतिष्ठा वृद्धि गर्ने हाम्रो अभियानमा प्रभु लाइफको साथले उत्साह थपिएको छ । सुरक्षित फुटबलको अभियानमा यो सहकार्यले महत्वपूर्ण योगदान गर्ने चित्लाङ एफसीले विश्वास लिएको छ,’ उनले भने ।

IME Lifesidebar
kumari