stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना १० वटा शाखा कार्यालय समायोजन गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले  आफ्ना १० वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले २०८३ साल बैसाख १ गतेदेखि ती शाखाहरूलाई नजिकैका अन्य शाखामा गाभी एकीकृत रूपमा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार बागमती, मधेश, कोशी र गण्डकी प्रदेश अन्तर्गतका केही शाखाहरू आपसमा समायोजन गरी कारोबार सञ्चालन गरिनेछ ।

बागमती प्रदेशमा बागबजार शाखा पुतलीसडक शाखामा, गौशला शाखा बत्तिसपुतली शाखामा, कपुरधारामा रहेको ठमेल शाखा, पाटन शाखा लगनखेल शाखामा तथा कुलेश्वर शाखा कालीमाटी शाखामा गाभिनेछ । यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणगढ शाखालाई वडा नम्बर ३ मा समायोजन गरिने बैंकले जनाएको छ ।

मधेश प्रदेशतर्फ वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको शाखा वडा नम्बर १० मा स्थानान्तरण हुनेछ भने कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नम्बर ८ को शाखा वडा नम्बर ७ मा गाभिनेछ ।

गण्डकी प्रदेशमा पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको बझापाटन शाखा वडा नम्बर १० मा रहेको अमरसिंह शाखामा समायोजन गरिनेछ । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको लेखनाथ शाखा वडा नम्बर २७ स्थित तालचोक शाखामा गाभिने भएको छ ।

IME Lifesidebar
kumari