citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

कामना सेवा विकास बैंक दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गर्ने पहिलो बैंक बन्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्म वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक बनेको ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको हो । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्म ३९ करोड ४५ लाख खुद नाफा कमाउन सफल भएको छ ।

अघिल्लो वर्ष २०८१/८२ को यही अवधिसम्म बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा २२.३४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकले ५६ करोड ७२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४६ करोड ९१ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। अघिल्लो वर्षको तुलनामा सञ्चालन मुनाफा पनि २०.९१ प्रतिशतले बढेको छ।

चालु वर्षको पहिलो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २१ करोड १४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा ११.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ थियो।

पुससम्म बैंकको वितरणयोग्य मुनाफा २९ करोड ५७ लाख रुपैयाँ रहेको छ। यस हिसाबले दोस्रो त्रैमाससम्म बैंकले १५।३२ प्रतिशत लाभांश क्षमता बनाएको छ।

चुक्तापुँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङमा २९ करोड ५७ लाख रुपैयाँ र जगेडामा १ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको रिटेन्ड अर्निङमा ५८ करोड ७५ लाख रुपैयाँ र जगेडामा १ अर्ब ८३ करोड ९० लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको पुससम्म बैंकले ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

अघिल्लो वर्षको असार मसान्तसम्म बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढेको छ।

समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २०.४३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको ईपीएस १८.३७ रुपैयाँ थियो। बैंकको पीई रेसियो २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८.०७ रुपैयाँ रहेको छ।

IME Life
kumari