citizens life insurance long ad

कुमारी बैंकको १४ लाख ६२ हजार बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकको १४ लाख ६२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १४ लाख ६२ हजार ९३५ कित्ता शेयर बिक्रीमा राखिएको हो।

हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय र काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन पेस गर्न सकिनेछ। निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ।

तोकिएको अवधिसम्म विद्यमान संस्थापकबाट कुनै पनि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

IME Lifesidebar
kumari