सिटिजन्स बैंकको ‘डिजिबैंक’ सञ्चालनमा, अब सबै डिजिटल सेवा एउटै प्लेटफर्ममा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङ्गको क्षेत्रमा एक रणनीतिक पहल गर्दै सिटिजन्स डिजिबैंक नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।

छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानल मा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइल मार्फत सहजिकरण गर्नु यसको मुख्य उद्देश्य हो ।

सेवा प्रवाह अझ छिटो र छरितो बनाई यस प्लेटफर्मले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ सुदृढ र अन्तरक्रियात्मक बनाउने विश्वास बैंकले लिएको छ ।

यो सुविधा बैंकको आधिकारिक वेबसाइट वा मोवाईल बैंकिङ्ग एप (सिटिजन्स स्मार्ट) मार्पmत प्रयोग गर्न सकिनेछ ।

पहिलो चरणमा, यस प्लेटफर्ममा हाल बैंकका ५० वटा विद्यमान डिजिटल सेवाहरु ९जस्तैः अनलाइन खाता खोल्ने, पान अपडेट, राष्ट्रिय परिचयपत्र अपडेट, लकर आवेदन, टिडियस् सर्टिफिकेट माग, साथै विभिन्न डिम्याट, मोबाइल बैंकिङ्ग तथा कार्ड सम्बन्धी सेवाहरु० उपलब्ध गराइएका छन् ।

डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई नवीनतम सेवाहरु दिने लक्ष्यका साथैे भविष्यमा यस प्लेटफर्ममा थप सेवाहरु समावेश गर्दै यसलाई अझ सशक्त बनाउदैे लैजाने बैंकको प्रतिबद्धता रहेको छ ।

IME Lifesidebar
kumari