stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तीन महिनामा साढे ५ खर्ब भित्रियो रेमिट्यान्स

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशका आर्थिक सूचकहरु दरिलो बन्दै गएका छन्। रेमिट्यान्स बढेको छ भने महँगी घटेको छ। आयात–निर्यातको अवस्थामा पनि सन्तोषजनक नै रहेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ पहिलो तीन महिना असोजसम्मको मुलुकको वर्तमान आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनबाट यस्तो देखिएको हो। मुख्य सूचकहरुबाट हेरौँ देशको वर्तमान आर्थिक स्थितिः

मुद्रास्फीति

२०८२ असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत रहेको थियो।

आयात–निर्यात

आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई रु। ७२ अर्ब ७८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो।

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३७.९ प्रतिशत र ३.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.१ प्रतिशतले कमी आएको छ।

आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा कुल वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई रु। ४ खर्ब ६८ अर्ब ८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ४।२ प्रतिशतले कमी आएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ३३.४ प्रतिशत र ४६.५ प्रतिशतले वृद्धि भएको छ।

आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा कुल वस्तु व्यापार घाटा १२।२ प्रतिशतले वृद्धि भई रु। ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ४.० प्रतिशतले कमी आएको थियो।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो।

विप्रेषण आप्रवाह (रेमिट्यान्स)

आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई रु ५ खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो।

२०८२ असोज महिनाको विप्रेषण आप्रवाह रु २ खर्ब १ अर्ब २२ करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो।

चालु खाता र शोधनान्तर स्थिति

समीक्षा अवधिमा चालु खाता रु २ खर्ब ३७ अर्ब ५९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु। १ खर्ब १५ अर्ब ३६ करोडले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर रु २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर रु १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको थियो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको छ।

विदेशी मुद्रा सञ्चिति

२०८२ असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा रु २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ।

आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

prabhu mahalaxmi
kumari