stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ९९ प्रतिशतले बढ्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा ऋणात्मक रहेको छ भने अधिकांश सूचक बढेको छ ।

२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा २३ करोड ७६ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ४३ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब २६ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ६२ प्रतिशतले बढी हो ।

त्यस्तै, कम्पनीले यस अवधिमा ६२ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३१ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९९ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनी २६ करोड ७३ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ८ करोड ९५ लाख रुपैयाँ घाटामा थियो । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ७८ पैसा (ऋणात्मक) रहेको छ । प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ४८ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long