stcnepal long ad
ime life insurance
global ime bank long

भौतिक पूर्वधार पुनर्निर्माण कोषमा एनएलजी इन्स्योरेन्सले गर्यो सहयोग

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सदैव राष्ट्र र समुदायका लागि आवश्यक परेका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध माध्यमबाट सहयोग गर्दै आएको छ ।

गत भाद्र २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शन तथा आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनाहरुमा आगजनी तथा तोडफोडका कारण ठूलो क्षति पुगेको विदितै छ ।

यसबाट प्रभावित संरचानाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका कार्यहरुलाई सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकारले स्थापना गरेको “भौतिक पूर्वाधार पुनर्निर्माण कोष” मा यस कम्पनीको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रु. २५ लाख (अक्षरेपी पच्चीस लाख रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय अनुसार रु. २५ लाखको चेक आज कम्पनीका सञ्चालक भरत बहादुर बस्नेत तथा प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले नेपाल सरकारको मा. अर्थमन्त्री रामेश्वर खनाल समक्ष औपचारिक रुपमा हस्तान्तरण गर्नु भएको छ ।

राष्ट्रको पुनर्निर्माण र समृद्धिको अभियानमा सधैं साथ दिने प्रतिवद्धता कम्पनीले यस अवसरमा पुनः व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari