stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सिद्धार्थ र सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेप्सेमा सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको मूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई बैंकहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन दुबैं बैंकहरुको ५–५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सिद्धार्थको शेयरमूल्य ३४९ रुपैयाँ ५२ पैसा कायम भएको छ भने सिटिजन्सको २०२ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी बैंकहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन दोस्रो बजारमा सिद्धार्थ बैंकको शेयर प्रतिकित्तक ३६७ रुपैयाँमा कारोबार भएको थियो ।

सिटिजन्सको शेयर प्रतिकित्ता २१२ रुपेयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी बैंकहरुको शेयर कारोबार खुल्नेछ।

prabhu mahalaxmi
kumari