stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वाणिज्य बैंकहरुको निक्षेप ९४ अर्ब रुपियाँ बढ्यो

कर्जा प्रवाहमा ४३ अर्बको वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को भदौ महिनामा वाणिज्य बैंकहरूको निक्षेप ९४ अर्ब रूपियाँले बढेको देखिएको छ ।

नेपाल बैंकर्स संघले तयार पारेको भदौ महिनाको कर्जा निक्षेप सम्बन्धी प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो । गत साउनमा निक्षेप ५२ अर्ब रुपियाँले घटेको थियो । भदौमा भने यो ९४ अर्ब रुपियाँले बढेको तथ्यांकमा उल्लेख छ ।

हाल नेपालमा २० वाणिज्य बैंक रहेका छन् । साउन मसान्तसम्म वाणिज्य बैंकहरुमा ६४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप थियो । भदौ मसान्तसम्म आउँदा त्यो ६५ खर्ब ७३ अर्ब रुपियाँ पुगेको छ ।

तथ्यांकअनुसार भदौ १–६ गतेसम्ममा तीन अर्ब ८१ करोड रुपियाँ, भदौं ७–१३ गतेसम्ममा सात अर्ब १२ करोड रुपियाँ, भदौ १४–२० गतेसम्ममा १९ अर्ब ७९ करोड रुपियाँ, भदौ २० देखि २७ गतेसम्ममा ३६ अर्ब सात करोड रुपैयाँ र भदौ २८ देखि २१ गतेसम्ममा २७ अर्ब १५ करोड रुपियाँले निक्षेप बढेको छ । जेन जी आन्दोलन र निषेधाज्ञा ९भदौ २३–२७० को अवधिमा निक्षेप उच्च दरमा बढेको देखिन्छ ।

यस्तै, भदौमा सरकारको खर्च पनि उच्च थियो । साथै, रेमिट्यान्स आप्रवाह पनि उच्च छ । दशै मान्नका लागि विदेशमा रहेका नेपालीले यो बेला झन् धेरै रेमिट्यान्स पठाउछन् । त्यसले गर्दा निक्षेप उच्च दरमा बढेको देखिन्छ ।

यस्तै, वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह भने ४३ अर्ब रुपियाँले बढेको छ । गत साउनमा कर्जा प्रवाह ११ अर्ब रुपियाँले घटेको थियो ।

असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४९ खर्ब ७५ अर्ब रुपियाँ थियो । साउन मसान्तसम्म आउँदा त्यो ४९ खर्ब ६४ अर्ब रुपियाँमा सिमित भएको थियो । भदौ मसान्तसम्म आउँदा त्यो ५० खर्ब सात अर्ब रुपियाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।

भदौ १–६ गतेसम्ममा १० अर्ब ५३ करोड रुपियाँ, भदौ ७–१३ गतेसम्ममा आठ अर्ब ३६ करोड रुपियाँ, भदौ १४–२० गतेसम्ममा १० अर्ब ७५ करोड रुपियाँ, भदौं २१–२७ गतेसम्ममा चार अर्ब ९३ करोड रुपियाँ र भदौ २८–२७ गतेसम्ममा आठ अर्ब ६८ करोड रुपियाँले कर्जा प्रवाह बढेको छ ।

prabhu mahalaxmi
kumari