stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल ल्यूब आयलको बोनस सेयर घोषणा

२०० प्रतिशत हकप्रद जारी गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।

बोनस सेयर वितरणको प्रस्ताव पारित गर्न कम्पनीले यही असोज ३१ गते ३४ औं वार्षिक साधारण सभा बोलाएको छ।

साधारण सभाले बोनस सेयरको कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद सेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएको छ।

यसअनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

prabhu mahalaxmi
kumari