stcnepal long ad
ime life insurance
national life
global ime bank long

बीमा सम्बन्धी नयाँ पुस्तक सार्वजनिक, सैद्धान्तिकदेखि व्यावहारिक ज्ञानसम्म

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । जीवन बीमा क्षेत्रको ज्ञान र सचेतना विस्तार गर्ने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन बीमा ज्ञान दिग्दर्शन’ पुस्तक सार्वजनिक गरेको छ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच हिमालयन लाइफका सीईओ मनोज कुमार लाल कर्ण, बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदी तथा सञ्चालकद्वय सचिन आचार्य र प्रमिला केसी थापाद्वारा संयुक्त रूपमा पुस्तक विमोचन गरिएको हो।

भदौ १९ गते प्रकाशित पुस्तकमा बीमा सम्बन्धी आधारभूतदेखि व्यावहारिक पक्षसम्मका विस्तृत जानकारी समेटिएका छन्। ९४ पृष्ठको यो पुस्तकले बीमा व्यवसायमा संलग्न व्यक्तिहरू, विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणका लागि मार्गदर्शकको रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

पुस्तकमा बीमाको परिचय, बीमाको सिद्धान्त, बीमालेख, जोखिम व्यवस्थापन, जीवन बीमामा आवश्यक पर्ने कागजात, बीमाशुल्क र बोनस गणना, बीमा अभिकर्ता सम्बन्धी कानुनी प्रावधान, बीमा अभिकर्ता र कर, बीमा दाबी प्रक्रिया लगायतका विषयलाई समेटिएको छ।

विशेषगरी जीवन बीमासम्बन्धी बजारमा देखा पर्ने व्यावहारिक प्रश्न र चुनौतीलाई सम्बोधन गर्ने गरी विभिन्न उदाहरण, सिद्धान्त र प्रक्रियागत विवरण प्रष्टसँग प्रस्तुत गरिएको छ।

बीमा अभिकर्ताको भूमिका, दायित्व र कानुनी प्रावधानलाई विस्तृत रूपमा व्याख्या गरिएको यस पुस्तकमा बीमाशुल्क गणना, बोनस प्रणाली, जोखिम मूल्याङ्कन गर्ने आधार, जीवन बीमामा प्रचलित कागजात र बीमा दाबी प्रक्रियासम्बन्धी स्पष्ट विवरण राखिएको छ। कम्पनीले पुस्तकले बीमा व्यवसायमा संलग्न अभिकर्ता, ग्राहक तथा नियामक निकायलाई सहजीकरण गर्ने विश्वास लिएको छ।

नेपालमा बीमा बजार विस्तार हुँदै गएको र बीमाप्रति सर्वसाधारणको रुचि बढ्दो अवस्थामा यस्तो पुस्तकले बीमा क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हिमालयन लाइफ इन्स्योरेन्सका अनुसार बीमा सम्बन्धी जानकारी सर्वसाधारणमा पुग्दा ग्राहकको विश्वास वृद्धि हुने र बीमा व्यवसायलाई दीर्घकालीन रूपमा सुदृढ गर्न सहयोग पुग्नेछ।

IME Lifesidebar
kumari