stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल आइडल छैटौँ सिजनकी उपाधी गंगा सोनामले चुमिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल छैटौँ सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम भएकी छन्। आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितिन्।

गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी सन्तान हुन्। गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरेकी छन्।

बाल्यकालदेखि नै सङ्गीतमा रुचि राख्ने गंगा विद्यालयका साङ्गीतिक कार्यक्रममा सक्रिय थिइन्। उनका दाइ दीपेन्द्र सोनम पनि लामो समयदेखि सङ्गीत क्षेत्रमा आबद्ध छन्।

दीपेन्द्रका अनुसार, परिवारमै साङ्गीतिक वातावरण भएकाले गंगाले सङ्गीत क्षेत्रमा सहज रूपमा प्रगति गर्न सकिन्।

नेपाल आइडलको अडिसनमा उनले देउडा गीत ‘डोली चढाई लैजान्या हो सुवा’ गाएर निर्णायकहरूको मन जितेकी थिइन् । निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशीले उनको सुरिलो र मौलिक स्वरको खुलेर प्रशंसा गरेका थिए।

थिएटर राउन्डमा उनले ‘साँगुरी बारी नि हो’ गीत गाएर दर्शक र निर्णायकको मन जितिन्। प्रतियोगिताको क्रममा उनका गीत क्लिप्स सामाजिक सञ्जालमा भाइरल भए। निर्णायक न्ह्यु बज्राचार्यले उनलाई चर्चित गायिका रचना रिमालसँग तुलना गर्दै उनको स्वरलाई अर्ग्यानिक नेपाली स्वर भएको बताएका थिए।

गंगाले प्रतियोगितामा प्रवेश अघि ‘बेलबटम’ गीत गाइसकेकी थिइन्। अमृत भारतीको शब्द र रामकुमार नेपालीको सङ्गीत रहेको यस गीतमा गंगासहित रामकुमार नेपाली र सञ्चिता नेपालीको स्वर छ।

सिन्धुपाल्चोककी गंगाको अब नेपाली सङ्गीत क्षेत्रमा आफ्नो यात्रा नयाँ उचाइमा पुर्‍याउने ढोका खुला भएको छ । उसो त सङ्गीतलाई जीवनको लक्ष्य बनाउने उद्देश्य सहित केही महिनाअघि मात्रै गंगा काठमाडौँ प्रवेश गरेकी थिइन् ।

विजेता बनेसँगै गंगाले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ तथा विभिन्न उपहार प्राप्त गरेकी छन् । यस सिजनमा सिक्किम (भारत) की बबिता थापामगर फर्स्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन् ।

उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन् । यस्तै दार्जिलिङका  अभिनय  खाती चौथो बने भने काठमाडौंका  मृनल मानन्धर पाँचौँ स्थानमा आएका छन् । चौथो र पाँचौँ भएका दुबै जनाले एक–एक लाख रूपैयाँ पुरस्कार हात पारेका छन् ।

IME Lifesidebar
kumari