stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल पर्वतारोहण संघको भदौ ७ गते निर्वाचन, कुल बहादुर गुरूङ समुहको पक्षमा व्यवसायीहरूको समर्थनको लहर

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल पर्वतारोहण संघको केन्द्रीय समितिको निर्वाचन यही भदौ ७ र ८ गते प्रज्ञा भवन काठमाडौंमा हुँदैछ। संघको अध्यक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले) निकट व्यवसायीहरूले संयुक्त प्यानल बनाइ अध्यक्षमा कुल बहादुर गुरूङको नेतृत्वमा निर्वाचन लडदै छन।

नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीहरूले अध्यक्षमा फुर गेल्जे शेर्पाको नेतृत्वमा समूह बनाइ प्रतिस्पर्धा गर्दैछन। महासचिवमा स्वतन्त्र उम्मेदवारका रूपमा शिव बहादुर सापकोटाले उम्मेदवारी दिएका छन। कुल बहादुर गुरूङ समुहले ूहिमाल हाम्रो गौरव नेतृत्व हाम्रो पहिचान, सशक्त संघ समृद्ध पर्वतीय पर्यटन १ू भन्ने नाराका साथ आफ्नो समूह घोषणा गरेको छ।

गुरुङ समुहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरूङ, प्रथम उपाध्यक्षमा मिङमा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धन बहादुर गुरूङ, महासचिवमा विमल कुमार नहर्की, सचिवमा ङिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामा, सदस्यहरूमा पुष्कर शाह, बल बहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदाश लामा,लाल बहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, अशोक कुमार तामाङ,महिला सदस्यमा दिकी शेर्पा, गिता राई उम्मेदवार रहेका छन।

गुरूङ नेतृत्वको समुहका उम्मेदवारहरू लामो समयदेखि हिमाल आरोहण व्यवसायमा सम्लंग्न रहेका अनुभवी, क्षमतावान, पेशाकर्मी, आरोही, श्रमिक र व्यवसायीहरुको समावेशी उम्मेदवार रहेका छन।

त्यसैले कुल बहादुर गुरुङको समुहलाई अत्याधिक बहुमतले बिजयी गराउन सो समुहले संघका सदस्य मतदाता र सम्पुर्ण आरोही व्यवसायी,पोर्टर,गाइडहरूमा अनुरोध गरेको छ । कुल बहादुर गुरूङ समुहका उम्मेदवारहरूको चिनारी यहाँ दिइएको छ।

१, कुल बहादुर गुरुङ, अध्यक्ष पदका उम्मेदवार, मो. ९८५१०२२८१४

तीन दशकदेखि नेपालको पर्वतीय पर्यटनमा क्रियाशील अध्यक्ष उम्मेदवार कुलबहादुर गुरुङ सबैका प्रिय हुनुहुन्छ । नेपालको पर्वतीय पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन सफल गुरुङ सन् १९९२ देखि मन, बचन र कर्मले यस क्षेत्रमा क्रियाशील हुनुहुन्छ। एलायन्स टेक्स एण्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक गुरुङ नेपाल पर्वतारोहण संघको निवर्तमान महासचिव २०१७(२०२२ पनि हुनुहुन्छ ।

ट्रेकिङ व्यवसायीहरुको छाता संस्था टेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल टानमा उपाध्यक्ष भएर सफलतापूर्वक आफ्‌नो जिम्मेवारी निर्वाह गरिसक्नु भएका गुरुङ इन्टरनेशनल क्लाङम्बिङ एण्ड माउन्टेनियरिङ फेडेरेशन (विश्व पर्वतारोहण महासंघ) लगायत अन्य थुप्रै पर्यटन संस्थाहरूमा पनि सलग्न हुनुहुन्छ ।

क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटिज् (सिएएचसि) को पनि संस्थापक अध्यक्ष हुनुहुन्छ । गुरूङको परिचय व्यवसायीको रूपमामात्र सिमित छैन,उहाँ बौद्विक एवं प्राज्ञिक व्याक्तित्वको रूपमा पनि परिचित हुनुहुन्छ ।

उहाँ नेपालको पर्वतिय पर्यटकको विषयमा मलेसियाको लिङकङ विश्वविद्यालयबाट विद्यावारिधि गर्दै हुनुहुन्छ। शिक्षण प्रशिक्षण तथा तालिमकर्ता गुरुङ किबानियन र रोटरियन पनि हुनुहुन्छ। किवानेश इन्टरनेशनल नेपालको नेपालभरिकै एक मात्र मास्टर ट्रेनर गुरुङले पब्लिक स्पिकिङ, मोटिभेशनल स्पिकर, इन्स्पिरेशनल स्पिकर तथा लाइफ कोचको रुपमा पनि काम गर्दै आउनु भएको छ ।

गुरुङले पर्वतीय पर्यटन क्षेत्रको विकासको लागि सुत्रबद्ध रुपमा एजेन्डाहरुलाई अगाडी सार्नुभएको छ। क्रिएशन, क्यूरेशन र कम्युनिकेशनलाई जोड दिंदै उहाँले पर्वतीय पर्यटनको लागि ८ वटा अंग्रेजी अक्षर ूएमूलाई मूल मन्व मनाउनुभएको छ। आठवटा ‘एम’मार्फत माउन्टेन, माउन्टेन इन्भाइरोमेन्ट, माउन्टेन पिपुल, माउन्टेन कल्चर, माउन्टेन हेरिटेज, माउन्टेनियरिङ अपरेटर्स, माउन्टेनर्स, माउन्टेन वर्कर्सलाई समेट्नु भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) लाई विश्वकै उत्कृष्ट माउन्टेन रिसर्च सेन्टरको रुपमा विकास गर्ने मुख्य लक्ष्य लिनुभएका गुरुङले माउन्टेन टुरिजममा देखिएका समस्यालाई सिंहदरबारसम्म पुन्याउन ुबेसक्याम्प टु सिंहदरबारु को अवधारणालाई अगाडि सार्नुभएको छ।

नेपालका चर्चित ३० बटाभन्दा बढी ट्रेकिङ रुटहरुमा ट्रेकिङ गरिसक्नु भए‌का गुरुङले ५० भन्दा बढी देशहरुको भ्रमण गरिसक्नु भएको छ। पर्वतीय पर्यटनको विषयमा २५ वटा भन्दा बढी अन्तर्राष्ट्रियस्तरका गोष्ठीहरुमा सहभागिता जनाइसक्नु भएका गुरुङले नेपाल पर्वतारोहण संघको नेतृत्व गर्ने अवसर पाएमा अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्वतीय पर्यटनको प्रवर्द्धन तथा बजारीकरण हुनेमा नेपाल पर्वतारोहण संघका सदस्यहरु विश्वस्त रहेका छन् ।

२, टिकाराम गुरूङ,वरिष्ठ उपाध्यक्षका प्रत्यासी, मो.९८५१० ८६७९१

संखुवासभाको भोटखोलामा वि.सं. २०३१ असोज ७ गते जन्मनु भएका टिकाराम गुरुङ विगत ३० वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ। पोर्टरबाट पर्यटन क्षेत्रमा लम्किए‌का उहाँका पाइलाहरूले सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न हिमालका चुचुराहरु चुमिसकेका छन्। उहाँले माउन्ट केन्टु, मनास्लु, चोयु, आमादब्लम लगायत हिमालहरू आरोहण गरिसक्नु भएको छ।

त्यस्तै ६ हजारभन्दा मुनिका चार दर्जनभन्दा बढी चुचुराहरु आरोहण गरिसक्नु भएको छ। पोर्टरबाट गाइड हुँदै आरोहीको पहिचान बनाउनु भए‌का गुरुङले सन् २००६ मा वोचीबांची ट्रेक्स नामक ट्रेकिङ कम्पनी स्थापना गरी व्यवसाय सुरुवात गर्नु भएको थियो।

व्यवसायसँगै पर्यटन क्षेत्रको विकास विस्तार र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आउनु भएको उहाँले हिमाल संरक्षण, सरसफाई अभियान, जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि पनि निरन्तर आवाज उठाउँदै आउनु भएको छ।

नेपाल पर्वतारोहण संघको कोषाध्यक्ष र सचिव पदमा रहेर कुशलतापूर्वक कार्यसम्पादन गरिसक्नु भए‌का गुरुङले नेपालको पर्वतीय पर्यटनलाई थप उचाइमा पुर्याउन विभिन्न योजनाहरु अधि बढाई बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो दाबी पेश गर्नु भएको छ।

आरोहीहरुको जीवन सुरक्षा, दुर्घटनामा परेकाहरुको शिध्र उपचार पुर्नस्थापना, आरोहीहरुको बालबालिकालाई गुणस्तरीय शिक्षाको सुनिश्चितता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहण तालिम, दिगो पर्वतीय पर्यटन, हिमानी वातावरणको संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाउनु भएका गुरूङ सम्पूर्ण मतदाताहरुको रोजाईको पात्र हुनुहुन्छ।

३, मिङ‌मा ग्याबु शेर्पा,प्रथम उपाध्यक्षका प्रत्यासी, मो.९८५११०९४२४

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा सामान्य परिवारमा १६ मे १९८९ मा जन्मनुभएका मिङ्‌मा ग्याबु शेर्पा सानै उमेरदेखि नेपालको पर्वतीय पर्यटनमा क्रियाशिल हुनुहुन्छ । कक्षा ९ मा पढ्दै गर्दा नै उहाँले पोर्टरको रुपमा काम सुरुवात गर्नुभएको थियो ।

पोर्टरको रूपमा शुरू भएको उहाँको यात्रा अहिले विश्वको पर्वतीय पर्यटनमा चर्चित नाम हो । विश्वका आठ हजार मिटरभन्दा बढी अग्ला १४ वटै हिमालहरू आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गर्नु भएका शेर्पाले ३० वर्षको कलिलो उमेरमै विश्व किर्तिमानी कायम गर्नु भएको हो ।

सगरमाथा र केटु हिमाललाई मात्रै ६१ दिनको अन्तरमा सफलतापूर्वक आरोहण गरेर अर्को विश्व कीर्तिमान कायम गर्नु भएका शेर्पाले २०२४ सम्ममा केटु ६ पटक र विश्वको सर्वोच्च शिखर सगरमाथाको मात्रै ९ पटक सफल आरोहण गरिसक्नु भएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनमा समेत चर्चित नाम निर्मल पुर्जा (निम्सदाई) सँगको सहकार्यमा ‘इलाइट इक्सपेड’ कम्पनी  स्थापना गरेर  पर्वतीय पर्यटनलाई थप विश्व बजारमा चिनाउन सफल हुनु भएको छ ।

वातावरण र हिमाली पर्यटन सुधारका अभियानमा समेत सक्रिय शेर्पा पारम्परिक फोहोर व्यवस्थापन, क्लाइमेट परिवर्तन जागरूकता, श्रमिकहरूको अधिकार संरक्षण जस्ता मुद्दामा सदैव क्रियाशिल हुनुहुन्छ । उनै मिङमा ग्याबो शेर्पा एनएमए निर्वाचनमा कुल बहादुर गुरुङ समूहबाट प्रथम उपध्याक्षका उम्मेदवार हुनुहुन्छ ।

४, धन बहादुर गुरुङ,द्वितीय उपाध्यक्षका प्रत्यासी, मो. ९८४९४१७९९४

वि.स २०२० मा धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका –६ मा जन्मनु भएका धन बहादुर गुरुङ सन १९७९ बाट पर्यटन क्षेत्रमा क्रियाशिल हुनुहुन्छ। पोर्टरबाट पर्यटन यात्रा तय गरेका गुरुङ सन् १९८२ मा गाइड हुनुभएको थियो। यसपछि सन् २००० मा नेपान आलसास ट्रेक एण्ड एस्सपिडिसन नामक कन्पनी सञ्चालनमा ल्याउनु भएको थियो।

फ्रेन्च र ब्रिटिस नागरिकहरुलाई नेपाल घुमाउने र चिनाउने काममा महत्वपूर्ण योगदान पुर्याउनु भए‌का धन बहादुर गुरुङले नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु भए‌को छ।

एनएमएको कार्यसमिति सदस्य र सचिव भएर उत्कृष्ट कार्य सम्पादन गरिसक्नु भएका गुरूङ हाल कुल बहादुर गुरुङ समूहबाट द्वितीय उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ। चीन, अष्ट्रेलिया, जर्मन, फान्स लगायतका विभिन्न देश घुमिसकेका गुरूङ पर्वतीय पर्यटनमा अत्यन्तै अनुभवी र परिपक्क व्यक्तित्वका गुरुङलाई पुन एनएमएको कार्यसमितिमा पठाउन सके संस्थाको गरिमा अझै बढ्ने कुरामा सम्पूर्ण मतदाता विश्वस्त हुनुहुन्छ।

५, बिमल कुमार नहर्की, महासचिवका प्रत्यासी,मो.९८५१०२६५९५

बिमल कुमार नहर्की, नेपालको पर्यटन क्षेत्रमा करिब चार दशकभन्दा बढी अनुभव भए‌का एक प्रतिष्ठित तथा दृढ व्यक्तित्व हुनुहुन्छ। उहाँको जन्म धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–२ मा वि.सं. २०२६ सालमा भएको हो। पर्यटन क्षेत्रमा उहाँको सक्रियता सन् १९८६ देखि होटल व्यवसायबाट शुरु भएर १९९२ देखि पर्वतीय पर्यटनसम्म फैलिएको छ। पोखरामा रहेको ‘टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा’ र ‘होटल पोखरा बाटिका’ संचालन गर्दै, नहर्कीले पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिदै आउनुभएको छ।

सन् १९९२ मा स्थापित ूइको ट्रेक नेपालू मार्फत उहाँले नेपालको हिमाली क्षेत्रहरूको पर्यटन प्रबर्द्धनमा विशिष्ट भूमिका निर्वाह गर्दै आउनु भएको छ। उहाँले यसभन्दा अघि २०१४ मा एनएमए को कार्यसमिति सदस्य र २ पटक Kathmandu Environmental Education Project (KEEP) का अध्यक्ष भएर सफलता पूर्वक जिम्मेवारी पुरा गरिसक्नु भएको छ।

हाल उहाँ कैलाश टुर अपरेटर एसोसिएसनका अध्यक्ष समेत हुनुहुन्छ। कैलाश(मानसरोबर यात्रा प्रवर्द्धनमा उहाँको सक्रिय नेतृत्वले राष्ट्रको पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ।

आरोहण सुरक्षामा सुधार, लाइसेन्स प्रक्रियामा सुधार, पेशागत आरोहीहरुको हकहित संरक्षण, नयाँ पुस्ताको लागि अवसर, पर्यावरणीय उत्तरदायित्व र संघमा पारदर्शिता र जवाफदेहीता जस्ता एजेण्डाहरु बोकेर नेपाल पर्वतारोहण संघको निर्वाचनमा कुल बहादुर गुरुङ समूहबाट महासचिव पदका प्रत्यासी बन्नुभएका नहर्की आफ्नो अनुभव र ज्ञानलाई संस्था, आरोही, व्यवसायी र श्रमिकहरुको हकहितमा प्रयोग गर्ने प्रतिबद्ध हुनुहुन्छ।

६, ङिमा दिकी शेर्पा, सचिवको प्रत्यासी, मो. ९८५१०३०९६१

सर्वोच्च शिखर सगरमाथाको जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु–गाउँपालिका बडा नम्बर १ स्थित खरीखोलामा सन् १९८३ जुलाई ९ मा जन्मनु भएकी ङिमा दिकी शेर्पाको पारिवारिक पृष्ठभूमि नै पर्यटन व्यवसाय हो।

उहाँ सानैदेखि पर्यटन क्षेत्रमा संलग्न हुनुहुन्छ । सगरमाथाको छत्रछायामा जन्मनु भएकी उहाँले हिमाल र हिमाली पर्यटनलाई नजिकबाट बुझेको र आफ्नो अनुभव, ज्ञान र सिपलाई नेपालको पर्वतीय पर्यटनको विकास र विस्तारमा उपयोग गर्न एनएमएको सचिव पदमा बसेर योगदान गर्न चाहनु भए‌को छ।

अध्ययनको शिलशिलामा १८ वर्षको उमेरमा अमेरिका प्रस्थान गर्नु भए‌की उहाँ करिब एक दशकको बसाइपछि पुनः आफ्नो देश फर्केर पर्यटन व्यवसायमा सक्रिय हुनुहुन्छ। उहाँ नेपाल शेर्पा बुमन टेक्स नामक ट्रेकिङ कम्पनीका संचालिका हुनु‌हुन्छ ।

पर्यटन विषयमा स्नातक गर्नु भएकी शेर्पा शिक्षा, सामाजिक संघ(संस्था र भ्रष्टाचार विरोधि अभियानमा पनि सक्रिय हुनुहुन्छ। पर्यटन व्यवसायको अलावा उहाँले बालबच्चाको शिक्षाको लागि सुलभ मन्टेश्वरी समेत सञ्चालन गर्नु भएको छ। ‘भष्टाचार विरोधी अभियान नेपाल’ नामक संस्थामा कोषाध्यक्षको भूमिकामा रहेर आफूलाई भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा चिनाउनु भएकी ङिमा दिकी शेर्पा सामाजिक अभियन्ता समेत हुनुहुन्छ ।

prabhu mahalaxmi
kumari