stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घुस खाएर एक पक्षीय निर्णय गर्ने न्यायिक समिति सदस्यसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य भावना श्रेष्ठ र बाटोको निकास सम्बन्धी विवादमा निवेदक रहेका रविन कुमार श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूमाथि दुई लाख बिगो र जरिवाना माग गरी आरोप९पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार न्यायिक समिति सदस्य श्रेष्ठलगायतलाई बाटोको विवादसम्बन्धी मुद्दामा निर्णय गर्दा आफ्नो पक्षमा पार्नका लागि रविन कुमारले २ लाख घुस दिएको भन्ने उजुरी परेको थियो।

सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा पोखरा महानगरपालिका कास्कीका न्यायिक समितिमा विचाराधीन पोखरा २६ को बाटोको निकास सम्बन्धी विवादमा निवेदक रविन कुमारले न्यायिक समिति सदस्य श्रेष्ठलाई २ लाख घुस दिएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

prabhu mahalaxmi
kumari