stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधाको बढ्यो सीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको छ। केन्द्रीय बैंकले विनिमय कारोबार गर्ने निकायको एकीकृत निर्देशनमा संशोधन गर्दै यो सुविधा बढाएको हो।

अब त्यस्ता निकायले सुनचाँदीको व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा लगायत बनाउन औद्योगिक कच्चा पदार्थका रुपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर ५ लाख वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्नेछन्। यसअघि यस्तो सटही सुविधा ३ लाख डलरसम्मको थियो।

अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर १ लाख वा सोबराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा पाउने व्यवस्था रहेको छ।

तर, चाँदीको गरगहना वा कलात्मक वस्तु आदि निकास गर्ने चाँदी व्यवसायीलाई तोकिएको मापदण्डअनुसार सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

prabhu mahalaxmi
kumari