stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रधानमन्त्री ओली कोरोना सङ्क्रमण बढेपछि विज्ञसँग सामूहिक परामर्श गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राजधानी काठमाडौँ सहित देशभर कोरोना सङ्क्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन्।

समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मङ्गलवार छलफल गर्न लागेका हुन् । विज्ञको सुझाव अनुसार सरकारले आगामी रणनीति तय गर्नेछ।

लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए।

हवाई सेवा र लामो दूरीका यातायात साधन भदौ १ देखि सञ्चालनमा ल्याउने तयारी छ। तर पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेपछि यातायात सञ्चालनको मोडालिटीबारे सरकारी संयन्त्र अलमलमा छन्। कोभिडबाट सङ्क्रमितको सङ्ख्या २० हजार ७ सय ५० पुगेको छ। ५७ जनाको मृत्यु भइसकेको छ।

prabhu mahalaxmi
kumari