stcnepal long ad
ime life insurance
global ime bank long

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४७ प्रतिशतले बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले नाफासहितका अधिकांश सूचकमा सुधार गरेको देखिएको हो ।

गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड १ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४७.२५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३८ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ९४ करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषको आकार गत आर्थिक वर्षमा ३६.४५ प्रतिशतले बढेर १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ पुगेको हो ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ३१.८२ प्रतिशतले बढेर ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्ष कम्पनीले आफ्ना अभिकर्तामा ४८ करोड ५१ लाख रुपैयाँ खर्चिएकोमा गत वर्ष १०.१३ प्रतिशतको वृद्धि सहित ५३ करोड ६२ लाख रुपैयाँ खर्चिएको वित्तीय विवरणले देखाएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १०.९७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४७.४७ रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari