stcnepal long ad
global ime bank long

कुविण्डेमा बँदेलको बथानबाट मकैबाली सखाप

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

सल्यान ।सल्यानको पश्चिमी क्षेत्र वनगाड कुविण्डे नगरपालिकामा बदेलको बथानले मकैबाली सखाप पार्न थालेका छन् ।

नगरपालिकाका केही बस्तीमा बँदेलको बथानले पाक्नै लागेको मकैबाली सखाप पारेका हुन् । बँदेलले वनगाड कुपिण्डे नगरपालिका– ९ का गीठाचौर, स्वारा, शेरा र शारदा नगरपालिकाका ओखरेनी, ¥याले, अँधेरी लगायतका गाउँमा बँदेलेको समूहले मकैबाली तहसनहस पार्न थालेपछि किसान चिन्तित भएका छन् ।

नजिकैका जङ्गलबाट आएको बँदेलको बथानले पाक्नै लागेको मकैबाली नष्ट पारेपछि किसान चिन्तित हुन थालेको पीडित काशीराम बोहराले जानकारी दिए । दिनभरि जङ्गलमा बस्ने र राति भएपछि बारीमा आएर मकै नष्ट पार्न थालेको बोहोराको भनाइ छ ।

“परिवारको वर्षभरि पेट पाल्ने मकै दुई दिनमा बँदेलले तहसनहस पारिसके अब कसरी परिवारको गर्जो टार्ने चिन्ता लाग्न थालेको छ”, बोहोराले भने । नजिकैका जङ्गलबाट रातको समयमा आएर मकैबारी नष्ट पार्ने वनगाड कुपिण्डे– ९ का अनिल बस्नेतले जानकारी दिए ।

“हामीलाई बँदेलले वर्षेनी दुःख दिँदै आएको छ । सरोकारवाला निकायमा जति कुरा राखे पनि सनुवाइ हुँदैन, अब हामीले बसाइँ सर्नुबाहेकको विकल्प छैन”, बस्नेतले भने । किसान मकै जोगाउन रातभरि बारीमा जाग्राम बस्दै आएको बस्नेतको भनाइ छ ।

“केही दिनदेखि हामी गाउँका सबै रातभरि बारीमै बस्छौँ, थाल ठटाउने, होहल्ला गरे पनि बँदेल बारीमा छिरेर मकै नष्ट गरेको थाहै हुँदैन”, बस्नेतले भने । लकडाउनले बाहिर कमाउन पनि जान नसक्ने लगाएको बालीनालीसमेत जङ्गली जनवारले नष्ट पार्न थालेपछि परिवारको गर्जो कसरी टार्ने भन्नेमा चिन्ता हुन थालेको किसानले बताउन थालेका छन् ।

बँदलेलले दुःख दिन थालेपछि किसान रातभर बारीमै पहरा दिन थालेका छन् । रातभरि बारीमा जाग्राम बस्दा पनि बँदेल बारीमा पसेर मकै नष्ट पार्न थालेका अर्का किसान रिमबहादुर बुढाथोकीले भने ।

“बँदेलले यहाँ मकैबाली मात्रै हैन अब मकै सकिएपछि धानबाली र गहुँबालीसमेत नष्ट गर्ने गरेको छ, जङ्गल छेउका बस्तीमा बँदेलको बथान ठूलो छ दुःख नदिएको कुनै वर्ष छैन”, बुढाथोकीले भने ।

“हामीले बँदेल नियन्त्रण गर्न सम्बन्धित निकायमा सूचना दिएका छौँ तर पनि सुनुवाइ हुँदैन, बँदेलले दिएको दुःखले बस्ती छोड्नुपर्ने अवस्था हुन थालेको छ”, वनगाड कुपिण्डे– ९ का ध्रुव नेपालीले भने, “गिठाचौर बस्तीमा वर्षेनी बँदेलको बथानले बालीनाली नष्ट नपारेको कुनै वर्ष नै छैन, किसानले बालीनालीको बीउसम्म जोगाउनसक्ने अवस्था छैन ।”

बँदेलले वर्षेनी दुःख दिइरहेको कुरा सम्बन्धित निकायलाई थाहा भए पनि कुनै चासो नदिएको स्थानीयको भनाइ छ । जिल्लाको पश्चिमी क्षेत्रमा बस्ती नजिक घना जङ्गल भएकाले पनि वर्षेनी स्थानीय जङ्गली जनवारबाट प्रभावित भइरहेका छन् ।

बँदेलले हरेक वर्ष यस क्षेत्रका करिब ४०० घरधुरीले लगाउँदै आएको अन्नबाली नष्ट पार्दै आएका छन् । पछिल्लो समय जिल्लामा चोरी शिकारीसमेत रोकिएकाले जङ्गलमा बँदेलको सङ्ख्यामा वृद्धि भएकाले पनि वर्षेनी बालीनालीको क्षतिमा पनि वृद्धि हुँदै गएको पीडित किसानको भनाइ छ । रासस

IME Lifesidebar
kumari