stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्व बैङ्क र जापानले बढाए ब्याजदर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालका दुई विकास साझेदारले ऋणको ब्याजदर बढाएका छन् । अर्थ मन्त्रालयका अनुसार बहुपक्षीय विकास साझेदार विश्व बैङ्क समूह र द्विपक्षीय विकास साझेदार जापानले सहुलियतपूर्ण ऋणको ब्याजदर बढाएका हुन् ।

यससँगै विश्व बैङ्क समूहले नेपाललाई उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण ऋणको ब्याजदर ०.७५ प्रतिशतबाट १.५० प्रतिशत पुगेको छ । त्यस्तै जापान सरकारले नेपाललाई उपलब्ध गराउने ऋणको ब्याजदर अबदेखि १.९० प्रतिशत हुने छ ।

विश्व बैङ्कले नेपालको प्रतिव्यक्ति आम्दानी बढेको कारण देखाउँदै ब्याजदर बढाएको अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले बताउनुभयो ।

“लगातार तीन वर्ष नेपालको प्रतिव्यक्ति आम्दानी विश्व बैङ्कले तोकेको थ्रेसहोल्डभन्दा माथि रहेकाले ब्याजदर बढाउने जानकारी आएको छ,” उहाँले भन्नुभयो, “विश्व बैङ्क समूहको नीतिकै कारण यस्तो ब्याजदर बढेको हो ।” त्यस्तै विश्व बैङ्कले नेपालको ऋण भुक्तानी अवधि पनि ४० प्रतिशतबाट घटेर ३० प्रतिशत पु¥याएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै जापान सरकारले पनि नेपाललाई ब्याजदर बढाएको जानकारी गराएको मन्त्रालयले जनाएको छ । द्विपक्षीय सहायता सम्बन्धमा सम्बन्धित देशको नीतिले फरक पार्ने भएकाले जापान सरकारको पछिल्लो नीति अनुसार नेपालको ब्याजदर परिवर्तन भएको सहसचिव शर्माले बताउनुभयो ।

विश्व बैङ्क नेपालको सबैभन्दा ठुलो विकास साझेदार हो । त्यस्तै जापान द्विपक्षीय साझेदारमध्ये ठुलो विकास साझेदारमा पर्छ । नेपालले अहिलेसम्म यस्ता विकास साझेदारबाट सहुलियतपूर्ण ऋण मात्र लिँदै आएको छ ।

सरकार आफैँले अहिलेसम्म व्यावसायिक ऋण भने लिएको छैन । नेपालको बजेटको स्रोतमध्ये विकास साझेदारले उपलब्ध गराउने यस्तो ऋण पनि महìवपूर्ण हिस्सा हो ।

IME Lifesidebar
kumari