stcnepal long ad
nabil bank
macchha(MBL)

साउनका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अधिकांश बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन्। आज प्रकाशित सूचना अनुसार अधिकांश बैंकहरुले साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्।

हालसम्म प्राप्त १७ वटा वाणिज्य बैंकको सूचनाअनुसार १० वटाले ब्याजदर घटाएका छन् भने ५ वटाले स्थिर राखेका छन्। दुईवटा वाणिज्य बैंकले भने ब्याजदर बढाएको छ।

साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएर नेपाल बैंकले ५.४० प्रतिशत, कृषि विकास बैंकले ४० प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.५० प्रतिशत, प्रभु बैंकले ४.२५ प्रतिशत, सिटिजन्स बैंकले ५.५० प्रतिशत, एभरेष्ट बैंकले ६.२५ प्रतिशत, कुमारी बैंकले ४१ प्रतिशत, प्राइम बैंकले ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत र नेपाल एसबीआई बैंकले ५३५ प्रतिशत कायम गरेका छन्।

असारमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएर नेपाल बैंकले ५.४५ प्रतिशत, कृषि विकास बैंकले ५.४५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, प्रभु बैंकले ६.१० प्रतिशत, सिटिजन्स बैंकले ५.६५ प्रतिशत, एभरेष्ट बैंकले ६.५५ प्रतिशत, कुमारी बैंकले ५.७१ प्रतिशत, प्राइम बैंकले ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत र नेपाल एसबीआई बैंकले ५.५० प्रतिशत कायम गरेका थिए।

यसैगरी साउनमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर हिमालयन बैंकले ६ प्रतिशत र सानिमाले ६।५० प्रतिशत कायम गरेका छन्। असारमा हिमालयन बैंकले ५.५० प्रतिशत र ६.३३ प्रतिशत ब्याजदर कायम गरेका थिए।

साउनमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असारकै कायम गर्नेमा माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन्।

साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा माछापुच्छ्रे बैंकले ६ प्रतिशत, सिद्धार्थ बैंकले ५.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत ब्याज दिएका थिए। अब साउनमा यही ब्याजदर यी बैंकहरुले दिनेछन्।

त्यस्तै हालसम्म प्राप्त राष्ट्रियस्तरका ७ विकास बैंकहरुको सूचनाअनुसार सबैले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

साउनमा ब्याजदर घटाएर गरिमा विकास बैंकले ६.११ प्रतिशत, ज्योति विकास बैंकले ६.११ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ६.२५ प्रतिशत, कामना सेवा विकास बैंकले ६.१५ प्रतिशत, लुम्बिनी विकास बैंकले ६.११ प्रतिशत, महालक्ष्मी विकास बैंकले ६.११ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ६.११ प्रतिशत कायम गरेका छन्।

असारमा व्यक्तिगत मुद्दति निक्षेपमा महालक्ष्मी विकास बैंकले ६.१५ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकले ६.२५ प्रतिशत कायम गरेका थिए भने अन्य ५ वटा बैंकले ६.५० प्रतिशत ब्याज दिएका थिए।

नियामकीय प्रावधानअनुसार व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरभन्दा १ प्रतिशत बढी रेमिट्यान्स मुद्दति निक्षेप र १ प्रतिशत कम संस्थागत मुद्दति निक्षेपको ब्याजदर कायम गर्नुपर्ने व्यवस्था रहेको छ।

prabhu mahalaxmi
kumari