stcnepal long ad
ime life insurance
national life
global ime bank long

शाइन रेसुंगा डेभलपमेण्ट बैंकको ऋणपत्र बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आज असार ३२ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको अनुमतिपछि बैंकले ‘शाइन रेसुंगा डिबेन्चर’ नामक ऋणपत्रका इकाइहरु बिक्री गर्न लागेको हो। बैंकले यस ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाइ जारी गर्नेछ।

बैंकले कुल इकाइमध्ये ६ लाख कित्ता इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी ४ लाख इकाइ सर्वसाधारणलाई छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको इकाइमध्ये ५ प्रतिशतले हुन आउने २० हजार कित्ता इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी ३ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा ५ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। शाइन रेसुंगा बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

यस ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ४ गते हुनेछ। यो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा ऋणपत्रको निष्कासन समय साउन १४ गतेसम्म लम्बिन सक्छ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari