stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘इनफ इज इनफ’ अभियानका २० जना प्रहरी नियन्त्रणमा 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शान्तिपूर्ण प्रदर्शन गरिरहेका  ‘इनफ इज इनफ’ अभियानका सदस्यहरुलाई भाटभटेनी स्थित भाटभटेनी सुपरमार्केट अगाडि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्चा, पम्पलेट बिना शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन जान हिँडेका बेला बाटोबाटै पक्राउ गरिएको अभियानकी सदस्य भावना राउतले बताइन् ।

प्रहरीले राउत सहित, शशिविक्रम कार्की, विजयबाबु सिवाकोटी लगायत २० जनालाई पक्राउ गरेको छ ।नियन्त्रणमा परेकाहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँमा राखिएको बताइएको छ ।

‘इनफ इज इनफ’ अभियानले केही दिनदेखि कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै विरोध प्रदर्शन गरिरहेको छ ।

हिजो शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटर अगाडि अभियानको शान्तिपूर्ण प्रदर्शन माथि प्रहरीले धरपकड गरेको थियो ।

शुक्रबार रन्जु दर्शजा, सुदन गुरुङ, आलोक सुवेदी, सुधन मानन्धर, शशिविक्रम कार्की, वृतान्त खनाल, सौरभ न्यौपाने, पवन थापा लगायत ५० भन्दा बढीलाई नियन्त्रणमा लिएर छाडिएको थियो ।

prabhu mahalaxmi
kumari