stcnepal long ad
ime life insurance
national life
global ime bank long

विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै हिमाल कलेज अफ म्यानेजमेन्ट — फारम वितरण उत्साहजनक

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

पोखरा । पोखराको एक प्रतिष्ठित शैक्षिक संस्था हिमाल कलेज अफ म्यानेजमेन्ट मा कक्षा ११ को भर्ना प्रक्रिया अन्तर्गत फारम वितरण उत्साहजनक रूपमा जारी रहेको छ।

व्यवस्थापन, होटल म्यानेजमेन्ट, तथा कम्प्युटर साइन्स जस्ता विषयहरूमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको यस कलेजमा विद्यार्थी र अभिभावकहरूको आकर्षण उल्लेख्य रूपमा बढिरहेको छ।

कलेजको शैक्षिक गुणस्तर, अभ्यासमुखी सिकाइ पद्धति र समर्पित शैक्षिक वातावरणले गर्दा हालसम्म सयौँ विद्यार्थी तथा अभिभावकहरू फारम भर्न कलेजमा उपस्थित भइसकेका छन्।

‘पढाऔँ, सिकाऔँ र कमाऔ’ भन्ने व्यवहारिक शिक्षण दर्शनलाई आत्मसात गर्दै, हिमाल कलेजले विद्यार्थीहरूलाई ‘हेरौं, सिकौं र कमाऔ’ अभियान मार्फत व्यवसायिक सोच, नेतृत्व क्षमता, र उद्यमशीलता सिकाउँदै आएको छ।

उक्त अभियान विद्यार्थीहरूबाट नै सञ्चालित रहेकाले उनीहरूमा आत्मनिर्भरता र व्यवहारिक ज्ञानको विकास भइरहेको कलेज स्रोतले जनाएको छ।

भर्ना प्रक्रिया अझै जारी रहेको हुँदा कलेजले आगामी दिनहरूमा थप उत्साहजनक सहभागिता हुने अपेक्षा राखेको छ।

prabhu mahalaxmi
kumari