stcnepal long ad
global ime bank long

दरमखोला हाईड्रोको आईपीओ आजदेखि खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (असार ९ गते) देखि प्रथम चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरेको छ। लगानीकर्ताले यसमा १० बजेपछि आवेदन दिन सक्नेछन्।

यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते जारी कम्पनीको जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८।३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।

यसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ। जसमध्ये १० लाख ३० हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र २ लाख ९१ हजार १५० कित्ता नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको हो।

आयोजना प्रभावितका लागि छुट्याइएको शेयरमा गुल्मीको मुसिकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका र बाग्लुङकै बडिगाढ गाउँपालिकामा स्थायी बसोबास गर्ने नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्कासन बन्द असार २३ गते हुनेछ। तर आयोजना प्रभावित स्थानीय बासिन्दाबाट पर्याप्त आवेदन नपरेमा साउन ६ गतेसम्म लम्बिनेछ भने वैदेशिक रोजगारीमा रहेकाको आवेदन अवधि लम्बिने छैन।

आवेदन फाराम बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र बानेश्वरस्थित कार्यालयमा, थापाथलीस्थित दरमखोला हाईड्रोको कार्यालय र वेबसाइटमा साथै नेपाल धितोपत्र बोर्डबाट पनि प्राप्त गर्न सकिनेछ।

त्यसैगरी आयोजना प्रभावितले बिक्री प्रबन्धकले तोकेको आयोजना प्रभावित जिल्लाका बैंक तथा वित्तीय संस्था, ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा र दरमखोला पावर हाउसबाट समेत प्राप्त गर्न सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर मार्फत् पनि आवेदन दिन सक्नेछन्। पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिनेछ।

IME Lifesidebar
kumari