citizens life insurance long ad
stcnepal long ad

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन आग्रह गरेको छ। केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी कार्यदललाई सरोकारवाला निकाय तथा व्यक्तिले आफ्नो अनुभव र विज्ञताका आधारमा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। सुझाव कार्यदलको ई–मेलमा असार ११ गतेसम्म उपलब्ध गराउन सकिने सूचनामा उल्लेख छ।

राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार सुदृढीकरणका लागि सुझाव दिन डा रेवतबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलको सदस्यमा भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्यसचिव रहेका छन्। कार्यदललाई सुझाव पेस गर्न एक महिनाको समयावधि दिइएको छ।

IME Life
kumari