stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

क्षत्री समाजद्वारा २६ जना जेष्ठ नागरिक सम्मानित, सरकारसंग छिट्टै वार्ता गर्छौं–महासचिव थापा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा। क्षत्री समाज नेपाल कास्कीले विश्व बुबाआमा दिवसको अवसरमा आज २६ जना जेष्ठ नागरिकलाई सम्मान तथा घुम्ति बैठक सम्पन्न गरेको छ । समाजले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका ८० वर्ष माथि जेष्ठ नागरिकलाई दोसल्ला, सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।

मङकी हिल, लाहाचोक ४ मा आयोजना गरिएको कार्यक्रममा ८२ वर्षिय डम्बर बहादुर घर्ति प्रमुख अतिथि रहेका थिए । घर्ति समाजका सो गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन् । घर्ति सहतिका २६ जना जेष्ठ नागरिकलाई समाजका केन्द्रीय महासचिव कृष्ण बहादुर थापा, प्रदेशका पदाधिकारी, कास्की अध्यक्ष दिल बहादुर क्षत्री लगायतले दोसल्ला ओढाई सम्मान प्रदान गरेर सम्मान गरेका हुन् ।

कार्यक्रममा समाजका केन्द्रीय महासचिव कृष्ण बहादुर थापाले समाजको कास्की शाखाले गाउँपालिका आएर यहाँका जेष्ठ नागरिकलाई सम्मान गर्नु र आफ्नो घुम्ति वैठक आयोजना गर्नु एक सह्रानिय कार्य गरेको बताए । प्रमुख अतिथिको चयन तथा जिउँदा भगवानसरि मानिने जेष्ठ नागरिकलाई उहाँहरुकै थातथलोमा सम्मान गर्न पाउँदा हर्ष विभोर भएको बताए ।

सो अवसरमा महासचिव थापाले समाज अहिले गाउँ, वडा, गाउँपालिका, जिल्ला, प्रदेश तथा प्रवासमा पनि संगठनका काममा लागिरहेको बताए । उनले राष्ट्रिय अखण्डता र जातिय सद्भावका लागि क्षत्रीहरुको एकतामा जोड दिए ।

उनले सरकारसंगका ६ वटा मागहरु रहिरहेका र ति मागमा अडिग रहेको बताए । राष्ट्रका माग भएकोले छिट्टै सरकारसंग कुराकानी गरिने जानकारी दिए ।

हामी सामाजिक प्राणी हौं, थापाले भने, समाजमा घुलमिल हुनुपर्छ । हामी समाजतिर फर्किनुपर्छ किनभने समाज अहिले बिथोलिएको आभाष भईरहेको छ । महिनामा एकचोटि वडा, नगर, टोल, गाउँपालिकामा कहाँ के सम्भावना हुन्छ एउटा कार्यक्रम गरौं ।

कार्यक्रममा प्रदेश लेखा समिति अध्यक्ष गणेश बहादुर के।सी, चेत बहादुर कार्कि, जिल्ला सचिवालय सदस्य तथा कार्यक्रमका व्यवस्थापक राम बहादुर क्षत्री, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष शंकर कार्कि, महानगर अध्यक्ष कृष्ण थापा लगायतले गाउँ, टोल, जिल्ला, प्रदेश, केन्द्र तथा विदेशसम्म क्षत्रीहरुबीचको मजबुत एकतामा जोड दिए ।

यसअघि कार्यक्रममा सहभागिलाई स्वागत गर्दै जिल्ला कोषाध्यक्ष सन्दिप थापाले समाज बिथत २८ वर्षदेखि निरन्तर आफ्ना स्पष्ट मागहरु लिएर अगाडी बढिरहेको र राज्यसंगका मागहरु पूरा गराउन आन्दोलनमै रहेको बताए ।

थापाले बितेका १३ महिनामा समाजले २४ वटा कार्यक्रम गरेको लगायतका विषयवस्तु समेटिएको प्रतिवेदन पेस गरेका थिए । सो अवसरमा उनले केहि समय जिवन विज्ञानसम्बन्धी योग अभ्यास गराएका थिए । समाजका कास्की अध्यक्ष दिल बहादुर क्षत्रीको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन उपाध्यक्ष अर्चना बस्नेतले गरेकी थिईन् ।

prabhu mahalaxmi
kumari