stcnepal long ad
ime life insurance
global ime bank long

अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक सुरु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ। गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ ।

बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ । प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्ने गरी सत्तारुढ दलमा सहमति जुटिसकेको छ ।

पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेको छ। अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी सुम्पेका थिए।

गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने र त्यसैका आधारमा मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ।

prabhu mahalaxmi
kumari