citizens life insurance long ad
stcnepal long ad

एशियन लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३३ करोड ४७ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिसम्म २० करोड ९८ लाख रूपैयाँ खुद नाफा गरेको इन्स्योरेन्स कम्पनीले गत वर्षको तुलनामा यस वर्ष ५९.५१ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो।

खुद नाफा बढेसँगै इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ४.९० रूपैयाँले वृद्धि भएको छ। इन्स्योरेन्स कम्पनीको ईपीएस गत वर्ष ८.२३ रूपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर १३.१३ रूपैयाँ पुगेको छ।

त्यस्तै गत वर्ष इन्स्योरेन्स कम्पनीले ५ अर्ब ६१ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आर्थिक वर्षमा १३.६१ प्रतिशतले वृद्धि भएर ६ अर्ब ३७ करोड रूपैयाँ नाघेको छ।

यस वर्ष इन्स्योरेन्स कम्पनीको कुल आम्दानी ७.३५ प्रतिशतले बढ्दा कुल खर्च ६.८० प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। इन्स्योरेन्स कम्पनीको कुल आम्दानी ८ अर्ब ६० करोड रूपैयाँबाट बढेर ९ अर्ब २३ करोड रूपैयाँ नाघेको छ भने कुल खर्च पनि ७ अर्ब ९१ करोड रूपैयाँबाट बढेर ८ अर्ब ४५ करोड रूपैयाँ नाघेको छ।

चुक्त पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रूपैयाँ रहेको इन्स्योरेन्स कम्पनीको महाविपत्ति कोषमा २६ करोड रूपैयाँ र जगेडा कोषमा ६३ करोड ८८ लाख रूपैयाँ सञ्चिति रहेको छ।

इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष गत वर्ष ४१ अर्ब ३ करोड रूपैयाँ रहेकोमा चालू आवमा ११.२१ प्रतिशतले बढेर ४५अर्ब ६३ करोड रूपैयाँ नाघेको छ। इन्स्योरेन्स कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.५७ रूपैयाँ रहेको छ।

IME Life
kumari