stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएमबि बैंकले ६ करोड डलरको ‘हरित बन्ड’ जारी गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय संस्थाहरू आइएफसी, बीआइआइ र मेटलाइफसँगको सहकार्यमा ६ करोड अमेरिकी डलर बराबरको हरित बन्ड जारी गर्ने भएको छ।

यसका लागि बैंकले तीनैवटा संस्थासँग त्रिपक्षीय साझेदारी पत्रमा हस्ताक्षर गरेको छ। यस पहल मार्फत जलवायु परिवर्तन सम्बन्धी परियोजनामा लगानी बढाउने, गुणस्तरीय रोजगारी सिर्जना गर्ने र देशको ऊर्जा विकासमा योगदान पुर्‍याउने लक्ष्य बैंकले लिएको छ।

हरित बन्डबाट संकलित रकम मुख्यतया सौर्य ऊर्जा, नवीकरणीय ऊर्जा, विद्युतीय सवारी साधन, हरित भवन र बायोमास जस्ता परियोजनामा लगानी गरिने बैंकले जनाएको छ।

हस्ताक्षर समारोहमा एनएमबि बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार गोयलले यो पहलले नवीकरणीय ऊर्जा क्षेत्रमा महत्वपूर्ण फड्को मार्ने विश्वास व्यक्त गरे।

उनले यस बन्डबाट स्वदेशमा विदेशी पूँजी भित्रिने र जलवायु क्षेत्रमा परेको असरलाई कम गर्न समेत मद्दत पुग्ने बताए।

prabhu mahalaxmi
kumari