stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लुम्बिनी विकास बैंक एनपीएस–एनसीएस तथा नेपालपे कार्डमा आबद्ध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौैं । लुम्बिनी विकास बैंक र एनसीएचएलबीच एनपीएल– नेसनल कार्ड स्विच (एनपीएस) तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो। योसँगै बैंक तथा वित्तीय संस्था एनपीएस–एनसीएस र नेपालपे कार्डमा आबद्ध भइरहेका छन्।

नेपालपे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात लुम्बिनी विकास बैंकले ग्राहकका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन्।

एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ र सेटलमेन्टका लागि एउटा सेन्ट्रल कार्ड स्विचका रुपमा स्थापना गरिँदैछ।

क्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात डोमेस्टिक कार्ड कारोबारहरुको लागत घटाउने, डाटा लोकलाइजेस सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पीएसओ र पीएसपी र १०० भन्दा बढी गैरबैंकिङ सदस्यलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ। एनपीएस–एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइँमा पुर्याउने अपेक्षा गरिएको छ।

नेपालको अग्रणी विकास बैंकमध्येको लुम्बिनी विकास बैंकले देशभरि रहेका ८९ वटा शाखा र २० एटीएम टर्मिनलमार्फत ६ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

prabhu mahalaxmi
kumari