stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PANअपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PAN अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
काठमाडौं । डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै बिगत अठार वर्ष देखि आम नेपाली सर्वसाधारण ग्राहकहरु माझ सर्व सुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंकले ग्राहकहरूको लागी अब घरमै बसी बसी बैंकको मोबाइल बैंकिङ एप मार्फत आफ्नो खातामा PAN अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा एप मार्फत अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ ।

यस सुविधा पश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झट मुक्त सुविधा प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari