stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिनै लाग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

भैरहवा ।राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। कोरोना संक्रमणले हेरक क्षेत्र प्रभावित बनाएको बेला विमानस्थलको काम भने जारी रह्यो।

चार महिना लामो लकडाउनमा पनि विमानस्थलको काम थोरधेर भइराख्यो। हालसम्म विमानस्थलको काम ९१ प्रतिशत सकिएको छ।

‘संक्रमण अघिजस्तो रफ्तारमा काम गर्न नसकिए पनि भएको थोरै जनशक्तिले पनि काम जारी राख्यौँ’, आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘लकडाउनको क्रममा अनेकन समस्या आए पनि काम रोकेनौँ।’लकडाउनमा विमानस्थलमा ८० जना कामदार थिए। खुकुलो भएपछि कामदार बढाएर अहिले करिब तीन सय पु¥याइएको छ। काम धमाधम भइरहेको छ।

बिदामा चीन स्वदेश गएका दक्ष जनशक्ति कोरोना संक्रमणका कारण आउन नसक्दा आयोजनाको काममा असर परेको छ। विमानस्थल निर्माणको ठेक्का चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले पाएकाले विमानस्थलमा दक्ष जनशक्ति प्रायः चीनकै छन्।

संक्रमणका कारण चीनबाट जनशक्ति र अन्तिम चरणमा जडान गरिने आवश्यक उपकरण आउन नसक्दा आयोजना समयमा सम्पन्न हुन नसकेको आयोजना प्रमुख अधिकारीको भनाइ छ।

‘एयर कन्डिसनसँग सम्बन्धित चिनियाँ कामदार लकडाउनले चीनतर्फ रोकिएका छन्। महत्वपूर्ण काम गर्ने जनशक्ति नहुँदा केही कठिनाइ छ’, उनले भने।

विमानस्थलमा अहिले कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ टायल्स विछ्याउने, उपकरण जडान, विद्युतीकरण काम जारी छ। यस्तै धावनमार्गमा मार्किङको काम सकिएको छ भने लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको छ।

फायर भवनको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ भने जहाज र ट्याक्सी पार्किङ स्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम सुरु भएको छ।

आयोजनाका अनुसार धावनमार्गको वरिपरि पेरिमिटर सडक निर्माणको काम सुरु भइसकेको छ। योसँगै विमानस्थलमा जडान गर्नुपर्ने उपकरण तेस्रो मुलुकबाट आयात गर्नु पर्ने भएकाले उडान नहुँदा रोकिएको छ।

तर, अब बाह्य उडान हुने सरकारको घोषणासँगै उपकरण र दक्ष जनशक्ति आउने भएका छन्। यससँगै रोकिन पुगेका केही काम भने धमाधम सुरु हुनेछन्।, यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा सलमान खानले लेखेका छन् ।

prabhu mahalaxmi
kumari