stcnepal long ad
ime life insurance
national life
global ime bank long

पशुपतिकाे गुरूयाेजना स्थानीयद्वारा अस्वीकार

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad
 काठमाडौ । पशुपति क्षेत्र बिकास कोषको नयाँ गुरु योजना स्थानिय नेवाः समुदायले अस्वीकार गर्ने बताएका छन् । काेषले पशुपति मन्दिरको ब्यबस्थापनमा पर्ने प्रभाव बारे हालै छलफल गरेकाे थियाे । त्यहाँ गुरु योजना र कोषकाे खारेजीको माग गर्दै आन्दोलका लागि एक्यवद्धताको आग्रह गरिएकाे थियाे ।
पशुपति क्षेत्र बिकास कोषको नयाँ गुरु योजना स्थानिय समुदायले पशुपति मन्दिरको ब्यबस्थापनामा पर्ने प्रभाव बारे गरिएकाे छलफलमा स्थानियले बहिस्कार गर्दै स्थानिय समुदायले अधिकारवाला तथा सरोकारवालाहरुले प्रस्तावित गुरु योजनाको खारेज मात्र नभै पशुपति विकास कोष समेत खारेज गरिनु पर्ने बिचार ब्यक्त गरेका छन् ।
गुरु योजना तथा कोष खारेजीका लागि नेवा लगायत हिन्दु , बौद्ध तथा जैन धर्ममा आस्था राख्ने संवद्ध आन्दोलनमा सहभागी भई एक्यवद्धता जनाउन आग्रह समेत अभियन्ताहरुले गरेका छन ।
विगत लामो समय देखि विवादमा रहेको पशुपति क्षेत्र विकास कोषको नयाँ गुरु योजना र यसले पशुपति मन्दिरको व्यवस्थापन र त्यस क्षेत्रका सवै मठमन्दिर तथा त्यससंग जोडिएका धार्मिक ऐतिहासिक जात्रा पर्व तथा सो चलाउनका लागि आवश्यक मानव संसाधन र तिनीहरुका वस्ती तथा भूमि माथि हुने नकारात्मक असर र सो रोक्नका लागि संविधान तथा कानूनी व्यवस्था तथा अन्तराष्ट्रिय प्रावधानहरु के कस्ता छन् सो वारे बृहत छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख वक्ता एवं युवा नेता जलद वैद्य, पशुपति सेवक संघका अध्यक्ष केदारमान भण्डारी, नेवा दे दबुका पुर्व महासचिव पवित्र बज्राचार्य, कानूनविद एवं आदिवासी जनजाति वकिलहरुको समुह (लार्हुनिप) का सचिव शंकर लिम्बु तथा अधिवक्ता जितेन्द्र बज्राचार्य लगायत कार्यक्रमका अध्यक्ष तथा विश्व नेवा संगठन (डव्लु एनओ) नेपालका अध्यक्ष सुरेन्द्रमान शाक्यको उपस्थति रहेको थियो ।
पशुपति क्षेत्रको सवै साँस्कृतिक, धार्मिक जात्रा पर्व तथा पशुपति मन्दीर भित्रको व्यवस्थापनसंग प्रत्यक्ष जोडिएका नौ मुले नेवारहरु राजोपाध्याय (द्यो भाजु ), राजभण्डारी, कर्माचार्य, राज बैद्य, मानन्धर, संगत, डंगोल, कपाली, खड्गी द्योला लगायतका नौ मुले नेवाः लगायतका तीन हजार घर भत्काइने गरी ल्याइएको प्रस्तावित सो गुरु योजना बर्खास्त गर्नुका साथै पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको धार्मिक ऐतिहासिक तथा साँस्कृतिक महत्वका मठ मन्दिर सवैका महत्वहरु नष्ट हुने गरी पटक–पटक गुरु योजना लगायतका नीतिहरु ल्याउने काम निरन्तर गरी रहेकोले अव पशुपति क्षेत्र विकास कोष खारेजी हुनु पर्ने माग समेत स्थानीय अधिकार वाला तथा सरोकार वालाहरुको माग रहदै आएकोे जलद वैद्य र केदारमान भण्डारीले वताएका छन् ।
काठमाडौका सवै जात्रा पर्वको शुरुवात पशुुपति क्षेत्रबाट हुने हुंदा यदि पशुपति क्षेत्रको सम्पदा र यहांको वस्ती विस्थापित गरिएमा उपत्यका लगायतका सवै जात्रा पर्व लोप हुने अवस्था रहन्छ ।
स्थानीय सरोकार वाला तथा अधिकारवाला संग कूनै छलफल तथा बहसै नगरी गैर न्यायिक ढंगबाट ल्याइएको सो गुरु योजना खारेजी गर्न कानूनी उपचारका लागि सर्वोच्च अदालत तथा अन्तरराष्ट्रिय श्रम संगठन ( आइएल ओ) लगायतका अन्तराष्ट्रिय अदालतसम्म जान सकिने संवैधानिक तथा कानूनी व्यवस्था रहेको कानूनविद शंकर लिम्बु तथा जितेन्द्र बज्राचार्यले बताएका छन् ।
स्थानीय निकायले यदि यो मुद्दालाई आफनो मुद्दा नसम्झने हो र यस नीतिका विरुद्धमा नजाने हो भने भोलीका दिनमा नेपालका सवै समुदायका साँस्कृतिक सम्पदा र त्यो संग जोडिएका अधिकारवालाहरुका व्यवस्थापकीय अधिकार, भुमी तथा आवास लगायतका अधिकारबाट बंचितिकरणमा पर्ने हुंदा स्थानीय निकाय तथा संघिय सरकारलाई पशुपतिको गुरु योजना विरुद्ध जान नेवा दे दवुका पुर्व महासचिव तथा युवा नेता पवित्र वज्राचार्यले बताएका छन ।
अन्तमा कार्यक्रमका अध्यक्ष सुरेन्द्रमान शाक्यले नेवा लगायतको नेपाली सभ्यताको धार्मिक ,साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सनातन हिन्दु तथा बौद्ध धर्मावम्बी समेतको आस्थाको धरोहर पशुपति मन्दिर क्षेत्रको मौलिकता तथा त्यहां रहेका नौ मुले नेवार लगायतको साँस्कतिक अधिकारको रक्षा गर्न नेपालका आदिवासी जनजाति लगायतको सवै समुदाय तथा वर्गका नेपाली संघ संस्था तथा नागरिकहरुलाई आह्वान गरेका छन् ।
साथै विश्वभर छरिएर रहेका नेवा संघ संस्था अन्य आदिवासी जनजाति लगायतका सनातन हिन्दु तथा बौद्ध धर्मावम्बी मातहत आस्था राख्ने संघ संस्था तथा सम्पुर्ण नागरीकहरुलाई नेपालको मौलिक संस्कृति तथा परम्पराबाट चलेको पशुपति नाथको क्षेत्र तथा यहाँका वस्ती तथा अन्य धार्मिक साँस्कृतिक सम्पदा जोगाउन आआफना क्षेत्रबाट अभियान चलाउन समेत आग्रह गरेका छन् ।
अव स्थानीय जनता चुप लागेर नवस्ने र छिट्टै सो गुरु योजना खारेजीका लागि विभिन्न चरणमा आन्दोलन गर्ने र सोका लागि नेपाल भरका सनातन हिन्दु तथा बौद्ध धर्मावम्बी मातहतका सवै नागरिक तथा संघ संस्थालाई एक्यबद्धता जनाइ आन्दोलनमा सहभागिताका लागि आन्दोलनका अगुवा तथा अधिकारकर्मी जलम वैद्य र केदारमान भण्डारीले आग्रह गरेका छन् ।
हाम्रो थात थलो विस्थापित गरी पशुपति नाथको सनातनी मौलिक हिन्दु तथा बौद्ध धर्म र जैन लगायतका आस्था माथि पशुपति विकास कोषले निरन्तर पटक–पटक नियतवस नया प्रस्तावित गुरु योजना अनुमोदनका लागि संसद सम्म पुरयाई सकिएको छ, कृपया हामीलाई साथ दिनुहोला अभियन्ता जलद बैद्यले निकै भावुक हुंदै आग्रह गर्नु भयो ।
नेपालको राष्ट्रियता र पहिचानसंग नेपालका हरेक संम्पदा र संस्कृति जोडिएको हुंदा पशुपति क्षेत्रको ऐतिहासिक धार्मिक सम्पदा जोगाएमा मात्र समग्र नेपालको पहिचान जोगिने अधिवक्ता जितेन्द्र बज्राचार्यले बताएका छन् ।
prabhu mahalaxmi
kumari