stcnepal long ad
ime life insurance
national life
global ime bank long

चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढे

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार (साउन–पुस) सम्ममा रु.दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ । सोही अवधिमा ११ हजार दुई सय ३२ दशमलव २७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा रु. एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो । भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए ।

चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ । कार्यालयको तथ्यांकअनुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको छ महिनामा रु.चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।

कार्यालयको तथ्यांक अनुसार प्लाइउड २७ दशमलव ९०, सिमेन्ट क्लिङ्कर चार हजार एक सय ४१,भेनियर सिटको निर्यात दुई सय ३६ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलाम लगायत वस्तुको निर्यातमा कमी आएको छ ।

पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आर्थिक वर्षको छ महिनामा रु. १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ ।

IME Lifesidebar
kumari