stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४.७२ प्रतिशत वृद्धि भएको छ।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १३ करोड ८६ लाख रुपैयाँ नामा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर १ अर्ब १९ करोड २३ लाख रुपैयाँ पुगेको हो। चालू आर्थिक वर्षमा बैंकको सञ्चालन नाफा बढेकाले नाफा बढ्न टेवा पुगेको हो।

सञ्चालन नाफा गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर १ अर्ब ६४ करोड ९० लाख रुपैयाँ पुगेको छ। यता खुद ब्याज आम्दानी भने ३ अर्ब १ करोड ६६ करोड रुपैयाँबाट घटेर २ अर्ब ८७ करोड ४४ लाख रुपैयाँमा झरेको छ।

चुक्ता पूँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको बैंकले रिटेन्ड अर्निङमा १ अर्ब ७९ करोड रुपैयाँ र रिजर्भमा ६ अर्ब रुपैयाँ सञ्चिति गरेको छ। बैंकले १ खर्ब ६६ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने २ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी पनि १६ रुपैयाँ ८१ पैसाबाट बढेर १७ रुपैयाँ ६१ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ५६ पैसा रहेको छ।

IME Lifesidebar
kumari