citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आज माघ ७ गते सोमबार १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुँदै

५ अर्ब नयाँ ऋण उठाइने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज माघ ७ गते सोमबार १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

जसमध्ये १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५ अर्बको रुपैयाँ बराबरको नयाँ ९फ्रेस० ट्रेजरी बिल जारी गर्न लागेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ९१ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।

यस्तै, ९१ दिन अवधिकै १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो पनि २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।

बोलकबोलमा सोमबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

यसअघि माघ २ मा बोलकबोल भएको २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिलको खरिदका लागि १५ अर्ब १७ करोड ४५ लाख बराबरको बोल परेको थियो ।

जसको औसत डिस्काउन्ट रेट २.७९ प्रतिशत कायम भएको थियो । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ ।

ट्रेजरी बिलको डिस्काउन्ट रेट ३ प्रतिशतभन्दा पनि तल झरेपछि बिल खरिदमा बैंकहरुबीच प्रतिस्पर्धा झनै बढेको देखिन्छ । अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ ।

अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएका हुन् ।

gold
himalayan life insurance long ad