citizens life insurance long ad
stcnepal long ad

कङ्गोमा दुई लाखभन्दा बढी मानिस विस्थापित स् यूएनएचसीआर

Nimb long ad
Prabhu Insurance Long Ad

पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सन् २०२५ मा दुई लाख ३७ हजार मानिस विस्थापित भएका छन् । ‘उत्तर र दक्षिण किभु प्रान्तहरूमा सशस्त्र समूह र डीआरसी सेना बीचको बढ्दो झडपका क्रममा करिब चार लाख आन्तरिक रूपमा विस्थापित भएको युनिसेफका प्रवक्ता युजिन ब्यूनले बताएका ५न्।

यही जनवरी १ देखि ६ सम्म, उत्तरी किभु प्रान्तको मासिसी र लुबेरो क्षेत्रमा एक लाख ५० हजार मानिस घर छोड्न बाध्य भएका छन्। जबकि ८४ हजार मानिस दक्षिण किभुको फिजी क्षेत्रमा विस्थापित भएका छन् ।

राष्ट्रपति फेलिक्स शिसेकेडीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठकमा सेनाले कब्जा गरेको देशको पूर्वी भागमा धेरै रणनीतिक क्षेत्रहरू फिर्ता गरेको घोषणा गरेको छ।

‘डीआरसी सशस्त्र बलहरूको सुरक्षा पुनस् स्थापना गर्न, हराएको क्षेत्रहरू पुनः प्राप्त गर्न र डीआरसीको क्षेत्रीय अखण्डता पुनस् स्थापना गर्न सबै मोर्चाहरूमा प्रतिबद्ध छन्’, सरकारी प्रवक्ता प्याट्रिक मुयायाले बताए।

IME Life
kumari