stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राष्ट्रिय कृषि कम्पनी नेपालले सर्वसाधारणमा आइपीओ जारी गर्ने

ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

पुस २८ गते आइतबार सम्पन्न सम्झौतामा राष्ट्रिय कृषि कम्पनी नेपालको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाई र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गरेका हुन् ।

“माटो देखि सफलता सम्म” भन्ने यसको मूल नाराका साथ २०८१ साल बैशाख २७ गते नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र कृषक सशक्तिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कृषि कम्पनी नेपालको स्थापना भएको हो ।

कम्पनीले कृषिलाई सजाँयको पेशाबाट गर्वको पेशामा रुपान्तरण गर्न विभिन्न कृषि उद्योग स्थापना गर्दै नेतृत्वदायी मानव संशाधन विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।

कम्पनीले कृषिको ई(कमर्श र मार्केटप्लेस स्थापना गरी कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने कामका साथै कृषि बजार सञ्चालन, शीतभण्डार सञ्चालन, डल्ले च्याउ उत्पादन, कम्पोस्ट उत्पादन र क्यानिङ उद्योग स्थापना जस्ता महत्वपूर्ण कार्यहरु तथा कृषि पर्यटनको अवधारणालाई समेत अघि बढाउँदै कृषिको क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मेरुदण्ड बनाउन प्रयासरत रहेको छ ।

दीर्घकालीन लक्ष्यहरुलाई वित्तीय आधार प्रदान गर्दै राष्ट्रिय कृषि कम्पनी नेपालले कृषक र उपभोक्ताको हितका लागि कृषि क्षेत्रको रुपान्तरणमा नेतृत्वदायी भूमिका खेल्न दृढ रहने जनाएको छ ।

लोकन्थली, भक्तपुरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको हाल जनकपुर शाखा सञ्चालनमा रहेको छ । निकट भविष्यमा सातै प्रदेशका विभिन्न जिल्लामा १२ शाखा स्थापना गरी कृषक र उपभोक्तालाई अझ बढि प्रभावकारी सेवा दिने कम्पनीको योजना रहेको छ ।

शाखाले कृषि उत्पादनको बजारीकरण, शीत भण्डारण सेवा, तालिम र परामर्श र कृषि उपकरण तथा मलको वितरण लगायत कार्य गर्नेछ ।

अधिकृत पुँजी ५० करोड, जारी पुँजी २५ करोड रहेकोमा भविष्यमा ५० करोड जारी पुँजी पु¥याउने योजना रहेको यस कम्पनीमा हाल ७०० भन्दा बढी संस्थापकहरु आवद्ध भइसकेका छन् ।

prabhu mahalaxmi
kumari