citizens life insurance long ad
stcnepal long ad

महुली लघुवित्तको एफपीओ शुक्रबारसम्ममा बाँडफाँट गर्ने तयारी

महुली लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) यसै साताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ ।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार अझै केही काम बाँकी रहेकोले शुक्रबारसम्ममा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, महुली लघुवित्तको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ५२.३४ गुणा बढी आवेदन परेको छ ।

यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । यसमा १७ लाख ५८ हजार ८५३ जनाले कुल २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् ।

जसमा ४७ हजार ५४५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख ११ हजार ३०८ जनाको भने हात खाली हुनेछ ।

महुलीले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो । जस अनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।

इक्रा नेपालले २०८१ साउन २५ मंसिर १४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ मंसिर ९ गतेसम्म बाहल रहनेछ ।

IME Life
kumari