citizens life insurance long ad
stcnepal long ad

अमेरिकाका पूर्वराष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा निधन

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । कार्टर सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार पूर्वराष्ट्रपति कार्टरको आइतबार जर्जियास्थित आफ्नै घरमा निधन भएको हो ।

कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपति थिए । सय वर्ष बाँचेर कार्टर अमेरिकी इतिहासमा सबैभन्दा लामो समय बाँच्ने पूर्वराष्ट्रपति पनि बनेका थिए । उनको निधनमा अमेरिकी राष्ट्रपति जो बाइडनले शोक व्यक्त गरेका छन् ।

विज्ञप्ति जारी गर्दै उनले लेखेका छन्, ‘अमेरिका र विश्वले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी गुमाएको छ ।’ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

उनले लेखेका छन्, ‘जिम्मीले राष्ट्रपतिको रूपमा सामना गरेका चुनौतीहरू हाम्रो देशका लागि परिभाषित थिए र अमेरिकी जनताको जीवन सुधार गर्न उनले काम गरे ।’

IME Life
kumari