citizens life insurance long ad
stcnepal long ad

प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन केन्द्रीय महाधिवेशन आगामी माघ १५ गते

Nimb long ad
Prabhu Insurance Long Ad

प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन केन्द्रीय महाधिवेशन आगामी माघ १५ गते हुने
काठमाडौँ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी माघ १५ गते हुने भएको छ । आज बिहान भर्चुअल रूपमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले पाँचौँ राष्ट्रिय महाधिवेशनको मिति निश्चित गरेको हो ।

त्यसअघि माघ ५ गतेसम्म प्रदेश अधिवेशन र पुस २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णय पदाधिकारी बैठकले गरेको छ । त्यसपछि माघ १५ गते स्थापना दिवसकै दिन केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

राष्ट्रिय महाधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । यसअघि २०७८ सालको मंसिरमा चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनबाट विष्णु सापकोटा ९जुगल० अध्यक्ष चुनिएका थिए ।

IME Life
kumari